Saturday, October 29, 2016

आठ वटा स्थानीय निकाय राख्नेमा दलहरुबीच सहमति

गाईघाट (उदयपुर), १३ कात्तिक । उदयपुर जिल्लालाई स्थानीय तहमा पुनरसंरचना गर्दा अब आठ वटा तहमा पुनरसंचना गर्ने जिल्लाका राजनीतिक दलहरुबीच समहमति भएको छ ।

जिविसमा बिहीबार र शुक्रबार बसेको राजनीतिक दलहरुको सर्वदलीय बैठकपछि शुक्रबार जिल्लाका राजनीतिक दलहरु आठ वटा निकायमा पुनरसंचरना गर्न सहमत भएका नेकपा (माओवादी केन्द्र) का जिल्ला इन्चार्ज मोहन पौडेलले बताउनुभयो । दलहरुबीच जिल्लालाई चार गाउँपालिका र चार नगरपालिकासहितको स्थानीय निकायको पुनःसंरचना गर्ने सहमति भएको छ ।

अहिले जिल्लामा त्रियुगा, कटारी र बेल्टार बसाहा नगरपालिकासहित तीनवटा नगरपालिका रहेका छन् । जिल्लाको पूर्वी क्षेत्रको रामपुर ठोक्सिला तपेस्वरीसहितको क्षेत्रलाई बेलका नगरपालिका बनाउने प्रस्ताव गरिएको नेकपा (एमाले) का जिल्ला अध्यक्ष इस्वरमणि राउतले बताउनुभयो ।

यसअघि उदयपुरमा तीन नगरपालिका र ४० गाविस रहेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...