Saturday, October 8, 2016

२० बर्षपछि ट्वाक्क टुक्क लिएर आए दिनेश डिसी, ऋषि धमलाको पनि अभिनय

dinesh-dc-rishi-dhamala-650x366

काठमाडौं । कमेडी दुनियामा कुनै समय सर्बाधिक लोकप्रिय कार्यक्रम ट्वाक्क टुक्क पुनः ट्वाक्क टुक्क रिटर्नस्को नामले आऊने भएको छ ।

यहि शुक्रवार बेलुका ७ः३० बजेबाट प्रसारण हुने कार्यक्रमलाई एड रिलिजले निर्माण गर्न लागेको हो भने निर्देशन दिनेश डिसीको नै रहनेछ ।

नेपाली टेलिभिजनबाट दर्शकको चाहना र रोजाईको सर्बाधिक सफल त्यो बहुचर्चित टेलीसिरीयल ट्वाक्क टुक्क को नयाँ संस्करणमा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी, शुशिला निरौला(बिम्ली), जुंगे भट्टराई, माधब पण्डित, शंकर पाण्डे, सुरेश असिम आदिको साथमा चर्चित पत्रकार ऋषि धमलाको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

२० बर्ष अगाडि बहुचर्चित निर्देशक आवाजको दुनियाको साथी दिनेश डिसी निर्देशित त्यै बहुचर्चित कार्यक्रमबाट अहिलेका कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतको उत्पादन भएको थिÞयो ।

हरेक हप्ता एक सेलिब्रेटीको समेत अभिनय राख्न लागिएको यस कार्यक्रमको दोस्रो भाग अर्थात आगामी साता भने जितु नेपाल रहनेछन् । नयाँ कलाकारको खोजी समेत भैरहेको निर्देशक डिसीले बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...