Saturday, October 8, 2016

संविधान कार्यान्वयनको जिम्मेवारी पुरा गर्नुपर्छः अध्यक्ष ओली

oभक्तपुर, २२ असोज । पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले निर्धारण गरेको समयमै संविधान कार्यान्वयनका सबै काम टुङ्ग्याउनुपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रेस चौतारी नेपालको संयोजनमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो – “अहिलेको सङ्क्रमणकालीन अवस्था अब हट्नुपर्छ, संविधानको कार्यान्वयनमा सानातिना समस्या छन् भने त्यसको समाधान गरेर संविधान कार्यान्वयनको जिम्मेवारी अब पूरा गर्नुपर्छ ।”

देशलाई अब आर्थिक समृद्धि र विकासतर्फ लैजानुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले समयसीमाभित्रै निर्वाचनलगायतका सबै काम टुङ्गिनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

उहाँले संविधान कार्यान्वयनमा केही अप्ठ्यारा नभएको दाबी गर्दै टुङ्गोमा पु¥याउन नसकिने कुनै पनि अप्ठ्याराहरु नभएको उल्लेखगर्नुभयो ।

दसैँको बेलामा कसैलाई गाली गर्न वा कसैको प्रशंसा गर्न नचाहेको टिप्पणी गर्दै उहाँले भन्नुभयो – “यो दसैँको बेलामा म कुनै भल छोप्न चाहन्न, कसैको विरोध गर्ने र कसैको समर्थन गर्ने, कसैको पक्षमा उभिने र कसैलाई विपक्षमा राख्न चाहन्न, सबैलाई मेरो शुभकामना छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...