Sunday, October 30, 2016

कसैले कसैलाई दुःख नदिऔँ–ओली

काठमाडौँ, १४ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबैले देश, जनता, मानवजातिको हित र विश्वशान्तिका लागि काम गर्नुपर्ने बताउनुभएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, तीनकुनेद्वारा आज यहाँ आयोजित लक्ष्मीपूजा, ज्येष्ठ नागरिक सम्मान तथा प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “मानिसमा देखिएको स्वार्थ, अहङ्कार र थिचोमिचो गर्ने प्रवृत्तिले मानव समाजलाई अप्ठ्यारो र कुरुप बनाएको छ, मानवले मात्र भगवान्को अस्तित्व जोगाउन सक्छ, त्यही मान्छेले नै धर्तीलाई विकृत तुल्याएको छ, आफूलाई भए पुग्यो अरुलाई जेसुकै होस् भन्ने प्रवृत्ति, अहङ्कार र जिद्दीले मान्छेलाई विकृत तुल्याएको छ । ”

कुलत, कुबाटो, दुव्र्यसन र नराम्रो गतिविधि त्याग्न ब्रम्ह्कुमारी राजयोगजस्ता सामाजिक संस्थाबाट प्रदान गर्ने ज्ञानलाई बोझिलो रुपमा होइन, सजिलो ढङ्गबाट लिन आग्रह गर्दै उहाँले भन्नुभयो, “ कसैले कसैलाई पनि दुःख नदिने हेला गर्ने काम नगर्नुहोला, ॐ शान्ति ।”

सो अवसरमा ७५ वर्ष उमेर पार गरेका त्यस क्षेत्रका १३ ज्येष्ठ नागरिकलााई सम्मान गरिएको थियो । समारोहमा त्यस क्षेत्रमा बसोवास गर्ने पूर्वमन्त्रीद्वय अग्निप्रसाद खरेल र छविराज पन्त तथा एकीकृत उपभोक्ता मञ्च तीनकुनेका अध्यक्ष मदन सिवाकोटी र वाद्यवादक निरञ्जन भण्डारीलाई सम्मान गरिएको थियो ।
‘देशका सबै काम ठप्प’
एमाले अध्यक्ष ओलीले सरकार परिवर्तन भएसँगै देशको तीन महिनाको समय खेर गएकोे बताउनुभएको छ । एमाले मध्यपुर नगर समन्वय कमिटीले आज बालकुमारीमा आयोजना गरेको शुभकामना आदनप्रदान एवम् तुच्चा कार्यक्रम उहाँले आफूले सरकार छाडेसँगै गुडिरहेको बस रोकिएर ठप्प भए जस्तै देशको सबै काम ठप्प भएको आरोप लगाउनुभयो । नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै उहाँले भन्नुभयो, “अहिले गेयर फस्यो, तपार्इंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौँ र अगाडि बढाउँछाँै, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।”

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौँ भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउँदै उहाँले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा एमालेका पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, नेता सानुकुमार श्रेष्ठ, मध्यपुर नगर कमिटी संयोजक मदनसुन्दर श्रेष्ठ लगायतले संविधान कार्यान्वयन गरेर देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...