Wednesday, October 26, 2016

काँग्रेस हचुवाको भरमा अगाडि बढदैन : मन्त्री भण्डारी

mantriइनरुवा, १० कात्तिक । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावका विषयमा काँग्रेसले हचुवाको भरमा निर्णय नगर्ने बताउनुभएको छ ।

सुनसरीको चिमडीे गाविसस्थिते वरजु ताल संरक्षण तथा निर्माणमा नेपाली सेनाको श्री नं–१ राष्ट्र विकास गणले गर्दै आएको पुनःनिर्माण कामको अवलोकन गर्नुहुँदै वनमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

मन्त्री भण्डारीले सत्ता साझेदार दल माओवादीले महाभियोग प्रस्तावको विषयमा काँग्रेससँग कुनै सल्लाह नगरी एमालेसँग मिलेर प्रक्रिया अघि बढाएकाले यसमा आफनो पार्टीले हचुवाको भरमा निर्णय नगर्ने बताउनुभयो ।

उहाँले एमाले र माओवादीको हतारको निर्णयले मुलुकमा जस्तोसुकै परिणाम समेत निम्तनसक्ने भएकाले त्यसमा काँग्रेसले सुक्ष्म अध्ययन, अनुसन्धान गरेर मात्र अगाडि बढने धारणा राख्नुभयो ।

मन्त्रीसहितको टोलीले बरजु तालमा नेपाली सेनाले गरिरहेको पुनःनिर्माणको कामलाई उच्च मूल्याङ्कन गर्ने समेत बताउनुभयो । सेनाको काम प्रशंसनीय रहेको बताउँदै मन्त्री भण्डारीले आफू मातहतको मन्त्रालयबाट आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

वरजु तालमा भइरहेका काम तथा भावी योजनाका बारेमा उहाँले जानकारी लिनुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...