Wednesday, October 26, 2016

संविधान कार्यन्वयन अहिलेको मुख्य चुनौती : नेता आचार्य

aacharyaपथरी (मोरङ), १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश अचार्यले संविधान कार्यन्वयन अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।
तिहार र छठ पर्वको अवसरमा नेपाली काँग्रेस वडा नं २ ले आज विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “अहिले अरु सबै विषय छोडर, सबै पार्टी मिलेर संविधान कार्यान्यवन गर्नुको विकल्प छैन” ।

नेता आचार्यले संविधान कार्यन्वयनमा सहयोग गर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

विराटनगरको विकासका लागि आफूले सक्दो प्रयास गरिरहेको चर्चा गर्दै उहाँले विराटनगरको सहिद रङ्गशाला र विभिन्न सडक निमार्ण गर्ने कार्य बहुवर्षीय योजनामा परेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...