Friday, October 7, 2016

फ्लोरिडामा म्याथ्यू आँधी बाट ४ जनाको मृत्यु ,नेपालीहरु सुरक्षित

ht_flooding_hurricane_matthew_cf_161007_4x3_992

अक्टोबर ७ ,२०१६ ,म्याथ्यू ४ वर्गको आँधीआउने भबिष्य वाणी गरिएता पनि म्याथ्यू ३ र २ वर्ग आँधीले अमेरिकाको फ्लोरिडामा निकै क्षति पुरयाई रहेको छ l आँधीको बाढीको कारण अहिले सम्म मर्नेको संख्या ४ पुगेको सरकारी अधिकारीले जानकारी दिएका छ l बढ्न सक्ने सम्भावना पनि रहेको छ l

करिब १० लाख घर परिवारमा बिधुत आपूर्ति बन्द भएको छ भने अझ यो संख्या वृद्धि हुन् सक्ने जनाएको छ l फ्लोरिडाका गभर्नर रिक् स्कटले आंधी म्याथ्यू को कारण समस्या उत्पन्न भएको पत्रकार भेटघाटमा बताए l पुर्व सतर्कता अपनाई पुरा तयारी साथ बिधुत आपूर्ति गर्ने जिम्मा लिएका प्रतिष्ठानहरुले मध्य तथा दक्षिण फ्लोरिडामा सुरु गर्ने समेत गभर्नरले जानकारी दिएका छन् l

rt_hurricane_matthew_fla_mem_161007_4x3_992

आंधीका चपेटामा परेका फ्लोरिडाका करिब २३ हजार मानिसलाई १ सय ८० सुरक्षित स्थलमा आश्रय दियएको छ भने अहिले सम्म फ्लोरिडा राज्यमा करिब ५ दिन सम्म को लागि इन्धन प्रसस्त रहेको छ l

आंधीका चपेटामा परेका सेन्ट जोन्स काउन्टीका सबै पुल बाहेक अन्य सबै मुख्य सडकहरु खुल्ला गरिएको छ l यसै गरि सशुल्क ढाटहरु अर्को २४ घण्टा को लागि आंधी अर्को स्थानमा नजाउञ्जेल सम्म बन्द गरिएको छ l

storm-surge-dennis_usgs

आंधी र बाढीको चपेटमामा ज्याक्सनभिल ज्यादा प्रभावित रहेको छ र केहि लामो समय सम्म रहने पनि बताईएको छ l दिवा समय देखि नै म्याथ्यू कम्जोर हुदै म्याथ्यू आंधी वर्ग २ मा झरेको थियो भने अत्यधिक आंधीको गति १ सय १० माइल प्रति घण्टा रहेको थियो l साँझ ५ बजे प्रति माइल १२ को रफ्तारमा उत्तर तर्फ लागेको छ l फ्लोरिडामा सन् २००४ मा शक्तिशाली आँधी आएको थियो l

म्याथ्यू आँधी बाट बच्न फ्लोरिडा ,साउथ करोलिना तथा जर्जिया राज्यका करिब २० लाख भन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको छ l

palm-trees-in-hurricane

फ्लोरिडाका प्रभावित मुख्य शहर तथा वरपर स्थानमा लामो समय देखि बसोबास गर्ने नेपाली समुदाय मध्येका अन्तरराष्ट्रिय नेपाली समुदायका संस्थापक केनी पाण्डे ,नासाका अध्यक्ष बिमल नेपाल तथा अन्तराष्टीय नेपाली साहित्य समाज फ्लोरिडा शाखाकि अध्यक्ष मिना शाक्यले आफुहरु सुरक्षित रहेको बताएका छन् l बिधुत आपूर्ति बन्द भए पछि करिब ५-६ दिन मा आउने र आफुले सके सम्म सुरक्षित उपाय अपनाई रहेको बताएका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...