Friday, October 28, 2016

‘मधेसका असहमतिलाई सहमतिबाट संशोधन गर्न काँग्रेस क्रियाशील’

skबर्दिवास, १२ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधानप्रतिका असन्तुष्टिको संशोधनबाट सम्बोधन गरिनासाथ कार्यान्वयनको मुख्य चरण प्रारम्भ हुने स्पष्ट पार्नुभएको छ ।

काँग्रेस महोत्तरीको १ नं क्षेत्रीय समितिले बर्दिवास–६ कालापानीमा आयोजना गरेको दसैँ, तिहार, छठ र मुहर्रम पर्वको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता डा कोइरालाले मुलुकको संविधान लोकतान्त्रिक विधि र प्रक्रियाबाट घोषणा गरिएझैँ मधेसका केही असहमतिलाई पनि सहमतिकै माध्यमले संशोधन गर्न आफ्नो दल क्रियाशील रहेको बताउनुभयो ।

संविधानलाई सर्वस्वीकार्य बनाएर तत्काल निर्वाचनमा जानुपर्ने भएकाले त्यसको तयारीमा रहन कोइरालाले पार्टी कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । महाभियोग प्रस्ताव अब संसद्को विधि र प्रक्रियाबाटै टुङ्गिने पनि उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...