Friday, October 28, 2016

स्थानीय निर्वाचन छिटो गर– राप्रपा अध्यक्ष राणा

ranaभक्तपुर, १२ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्ने बताउनुभएको छ ।

राप्रपा भक्तपुर जिल्ला समितिको आयोजनामा यहाँ आज आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले सरकारले स्थानीय निकायको निर्वाचन गर्न अब ढिलाइ गर्न नहुने धारणा राख्नु भयो ।

अध्यक्ष राणाले भन्नुभयो, “राज्यको पुनःसंरचनालाई अब पर्खनु हुँदैन, अहिलेको जुन अवस्था छ, त्यसैका आधारमा स्थानीय निकायको निर्वाचन हुनुपर्छ, अब ढिलाइ गर्नु हँुदैन ।” उहाँले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रकरणकाबारेमा पार्टीले आधिकारिक धारणा बनाउने बताउँदै सरकारले महाअभियोगमा बढी लाग्नुभन्दा विकास, राज्यको पुनःसंरचना र संविधान कार्यान्वयनमा लाग्नुपर्ने सुझाव दिनु भयो । राप्रपा र राप्रपा नेपालबीच एकीकरण पहल सकारात्मक भइरहेको बताउँदै उहाँले एकीकरण हुने दाबी गर्नुभयो ।

कार्यक्रममा पार्टीका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्द, महामन्त्री बुद्धिमान तामाङ, प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्य रामहरि थापा, रवीन्द्रप्रताप शाह लगायतले संविधानले तोकेकै मितिभित्र निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts