Monday, October 3, 2016

डीसीमा पहिलो नेपाली लायन्स क्लवको चार्टर नाइट सम्पन्न

img_4558अमेरिकाको डीसी महानगर क्षेत्र तथा लाइन्स क्लबको शत बार्षिकीमा स्थापना भएको पहिलो नेपाली लायन्स क्लव मनासस एभरेष्ट लायन्स क्लवको चार्टर नाइट सम्पन्न भएको छ ।

अमेरिकाको २४ ए डिष्ट्रिक्टकी पूर्व गभर्नर करेन उडल पार्करले क्लवका सबै नव पदाधिकारीहरुलाई शपथ गराएकी थिइन् l सो समारोहमा अतिथिको आसनवाट वोल्दै अमेरिकाका लागि नेपाली राजदूत डा अर्जुनकुमार कार्की ले अन्तरराष्ट्रिय जगतमा सेवा गरिरहेको लायन्स क्लवको छहारीमा नेपालीको लायन्स क्लव खुल्नु सुखद भएको बताउदै क्लवले समुदायमा सेवा पुर्याउने आशा व्यक्त गरे l

img_4487

सो समारोहको लागि क्यालिफोर्निया राज्यवाट भाग लिन आउनु भएका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राजेन थापाले गोविन्द गिरी प्रेरणा लामो समयदेखि परिचित व्यक्ति भएको र उहाँको नेतृत्वमा क्लवले समुदायमा सेवा पुर्याउने विश्वास व्यक्त गरे l

२४ ए डिष्ट्रिकका गभर्नर जे मोहनले आफूले क्लवको वैठकमा भाग लिंदा परिवारको वीच वसेको अनुभूति भएको वताउँदै आफ्नो डिष्ट्रिक्टमा यो क्लवको नाम उच्च हुनेमा आफूलाई विश्वास भएको बताए l

img_4442

मनासस एभरेष्ट क्लब २७ जुलाईमा स्थापना भएको थियो । साहित्यकार, पत्रकार , समाजसेवी गोविन्द गिरी प्रेरणा क्लवका अध्यक्ष भएका छन् भने सचिवमा दोवा ढकाल, कोषाधयक्ष अनुभव गिरी तथा मेम्बरसिप डाइरेक्टर विष्णु गुरुँग छन् । यसै गरि सदस्यहरुमा अन्जु गिरी, सिसम गुरुँग, सन न्ह्यूइन, पवन गौतम, साधना गौतम, शोभा ढकाल, दिवाकर ज्ञवाली, इन्दिरा आचार्य, लोक तिवारी, अनुरोध गिरी, लक्ष्मी गिरी, दिनुप ज्ञवाली, सफर थापा, कविन्द्र सिटौला, सुधिर वास्तोला, रञ्जय उपाध्याय, राजेन्द्र खनाल, पवन जीसी तथा नन्दलाल उपाध्याय रहेका छन् l

img_4434

कार्यक्रमलाई समापन गर्दै क्लवका अध्यक्ष गोविन्द गिरी प्रेरणाले चार्टर नाइटमा सहभागी अतिथिहरु, अरु क्लवका सदस्यहरु सवैलाई धन्यवाद ज्ञापन दिदै मनासस एभरेष्ट लायन्स क्लव मार्फत समुदायमा सेवा पुर्याउँदै मानवियताका लागि काम गर्ने बताए । कार्यक्रम सञ्चालन पूर्व परिषद सभापति ह्यारी पार्करले गरेका थिए l मनासस एभरेष्ट लायन्स क्लवमा हाल २३ जना चार्टर सदस्यहरु रहेका छन् l

img_4514 img_4482 img_4478 img_4477 img_4474 img_4379 img_4471 img_4446 img_4543 img_4537 img_4529 img_4526 img_4553 img_4548 img_4509 img_4490 img_4473 img_4468 img_4466 img_4458 img_4440 img_4392 img_4561 img_4434

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...