Saturday, October 8, 2016

दुई हजार गाडी

काठमाडौँ, २२ साउन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि घर जाने यात्रुको सङ्ख्या बढेपछि करिब दुई हजार गाडी थप गरेको छ ।

महासङ्घले आज सप्तमीदेखि नवमीका दिनसम्म बाहिर जाने यात्रुको सङ्ख्या दैनिक करिब एक लाख पुग्ने अनुमान गरेर सो सङ्ख्यामा गाडी थप गरेको हो ।

दसैँका अवधिमा करिब २० लाख सर्वसाधारण काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएकामा अहिलेसम्म करिब १६ लाख बाहिरिएको महासङ्घले जनाएको छ । महासङ्घका कावा अध्यक्ष डोलनाथ खनालले सामान्य अवस्थामा भन्दा अहिले गाडी चढ्ने यात्रुको चाप बढेका कारण थप गरिएको जानकारी दिँदै दसैँका लागि सबै गाडीले ओहोरदोहोर ३५÷३६ हजार ट्रिप गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

महासङ्घले टिकटको समस्या नरहेको जनाए पनि बल्खु, कलङ्की, बालाजु बाइपास, कोटेश्वरलगायत नाकामा घर जान हिँडेका यात्रुको चहलपहल छ । उनीहरुले सजिलै टिकट प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...