Saturday, October 8, 2016

अहिंसा पद यात्रा

yatraधनगढी, २२ असोज । बडा दसैँको महाअष्टमीका दिन दुर्गा भवानीका नाममा पशु बलि दिने तयारी भइरहँदा यहाँ आज पशुबलिको विरोधमा अहिंसा पदयात्रा गरिएको छ ।

ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्र धनगढीको पहलमा भएको अहिंसा पदयात्रा स्थानीय बजारका मुख्य मुख्य भाग हुँदै शान्ति वाटिक (साविकको बाल उद्यान)मा पुगेर टुङ्गिएको थियो ।

सो अवसरमा प्रशिक्षण केन्द्रकी प्रमुख हिरा दिदीले वैदिक सनातन धर्मले पशुको बलि दिएर हिंसा नगर भनेको उल्लेख गर्दै धर्मको नाममा निर्दोष प्राणीको हिंसा गर्दा समाजमा शान्ति नहुने बताउनुभयो । उहाँले सबै मानवले आफू परिवर्तित हुन सकेमा मात्रै सबैको कल्याण हुने भावना व्यक्त गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...