Saturday, October 8, 2016

सामाजिक सदभावनादूतलाई सम्मान

काठमाडौँ, २२ असोज । नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनले यहाँ ‘सामाजिक मुद्दाहरुमा राजनीतिक दलको भूमिका’ विषयक अन्तक्रिया तथा सामाजिक सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

दसैँ, तिहार, नेपाल सम्वत् तथा छठको शुभकामना आदानप्रदानको कार्यक्रमलाई फरक ढङ्गबाट मनाउने उदेश्यले कार्यक्रम गरी फेडरेसनले जनसङ्ख्या तथा वतावरण मन्त्री जयदेव जोशी, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहित २५ जनालाई सामाजिक सद्भावनादूतका रुपमा सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का अध्यक्ष गणेश साह तथा नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनका अध्यक्ष दीपक जोशीले संयुक्त रुपमा २५ जना सामाजिक सद्भावनादूतलाई खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

अन्तक्र्रिया कार्यक्रममा नेकपा (संयुक्त)का पोलिट ब्युरो सदस्य तथा फेडरेसनका पूर्व अध्यक्ष पदम जोशीले कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक दलले समाजसँग प्रत्यक्ष तथा निरन्तर सहकार्य गर्नुपर्ने भन्दै शिक्षा, स्वास्थ्य, महँगी, भ्रष्टाचार, कालोबजारी, सामाजिक विभेदलगायत १० वटा मुद्दामाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रमका नेकपा (संयुक्त)का अध्यक्ष गणेश साहले अहिलेको डिजिटल युगमा युवाले प्रविधिको उच्चतम प्रयोग गरी आमजनताका सरोकारका विषयलाई उठाउनुपर्ने तथा पार्टीलाई समेत दिशानिर्देश गर्नुपर्ने बताउनुभयो ।

फेडरेसनका अध्यक्ष जोशीले अब यस्ता सामाजिक विषयमा फेडरेसनले अभियान सञ्चालन गर्ने र यस्ता मुद्दालाई राजनीतिक दलको मूल मुद्दा बनाउनका लागि दबाब सिर्जना गर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पार्टी पोलिट ब्युरो सदस्य केदारचन्द्र शर्मा, नेपाल महिला फेडरेसनका अध्यक्ष देविका लिम्बू, नेपाल ट्रेड युनियन फेडरेसन संयोजक नारायण थापालगायतले सामाजिक मुद्दामा राजनीतिक दलको भूमिकाका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...