Saturday, October 1, 2016

आँखा अस्पताल शिलान्यास

भोजपुर, १५ असोज । भोजपुर आँखा अस्पतालको भवन शिलान्यास गरिएको छ ।

भोजपुर नगरपालिका, पुरानो डबली टक्सारमा जापान सरकारको सहयोगमा निर्माण हुन लागेको भवनको शुक्रबार जापानी राजदूत मासासी ओगावा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

एक वर्षभित्र निर्माण गर्ने लक्ष्य रहेको सो भवनलाई जापान सरकारले करिब रु एक करोड उपलब्ध गराउने नेपाल नेत्र ज्योति सङ्घ भोजपुर शाखाले जनाएको छ ।

भवन शिलान्यासपछि आयोजित पत्रकार सम्मेलनमा राजदूत ओगावाले जापान सरकारले नेपालका सबै क्षेत्रमा विशेष प्राथमिकताका साथ सहयोग गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...