Tuesday, October 4, 2016

श्रीलङ्काका प्रधानमन्त्री विक्रमासिंघे तीनदिने भारत भ्रमणमा

sirlanka-pm

नयाँ दिल्ली, १८ असोज । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघे आफ्नो तीनदिने औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली आउनुभएको छ । भ्रमणका क्रममा भारतमा रहँदा विक्रमासिंघले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री सुष्मा स्वराजलगायतका नेतासँग दुई देशको पारस्परिक सम्बन्धका बारेमा कुराकानी गर्नु हुनेछ । श्रीलङ्काली प्रधानमन्त्री विक्रमासिंगेले आफ्नो भारत भ्रमणको अन्तिम दिन बिहीबार भारतीय आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । रासस/पीटीआई

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...