Tuesday, October 4, 2016

सरोजको दशै गीत भिडियो सहित

14550505_10207749782283819_1518097210_o

काठमाडौँ : संगीतकार सरोज प्याकुरेलको संगीत अनि हेमन्त शर्मामाको स्वरमा दशैमा बोलको गीत सार्वजनिक भएको छ । यो गीतलाई सुदन डोटेलले लेख्नु भएको हो । दशैमा हो दशैमा बोलको यस गीतले दशैमा घर जान आतुर एउटा छोराको काहानिलाई समेटेको गीतकार सुदन डोटेल बताउछन् । गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भैसकेको छ । भिडियोमा सुदन डोटेल, भुरि खड्का, श्रीदेब भट्टराई, गोकुल सुवेदी,अमुल अर्याल र रमेश कोइरालाको अभिनय रहेको छ ।

सरोज प्याकुरेलले संगीत गरेको यो गीत मिडियाबाट दशैको अवसरमा निकै छाएको छ । सरोज प्याकुरेलल यो भन्दा अगाडी चलचित्र नयाँ पुस्ता, दलाल, यो मन, क्रिमिनल र केहि बन्न बाँकि चलचित्रका अतिरिक्त एल्बम दुखाई, समयले कोल्टे फेर्दा, फेरि हेर्ने मनछ लगायत धेरै फुटकर एल्बममा संगीत गरेका छन् । उनले संगीत भरेको सुदन डोटेलको एल्बम यादहरुमा मंसिरमा बजारमा आउदै छ । संगीत को अतिरिक्त पत्रकारिता र अध्यापनमा संलग्न सरोज प्याकुरेल विभिन्न सुन्दरि प्रतियोगिताका सहभागिलाई मोटिभेसन क्लास पनि दिने गर्दछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...