Sunday, October 2, 2016

सवारी दुर्घटनामा दम्पतीको मृत्यु

इनरुवा, १६ असोज । पूर्वपश्चिम राजमार्ग आन्तर्गत सुनसरीको मधेसा– ४ घोपालीटोलमा आज सवारी दुर्घटनामा परी एक दम्पतीको मृत्युभएको छ ।

मृत्यु हुनेमा सप्तरी लोहजारा– ८ बस्ने मोहमद अलि हुसैन र उनकी श्रीमती नुरजहाँ खातुन रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स ३ प ११८७ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको स १ ज ३३८ नंको भ्यान एकापसमा ठक्कर खाँदा तिनको मृत्यु भएको हो ।

हुसैनको घटनास्थलमै र खातुनको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान चालक र सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...