Sunday, October 30, 2016

अफ्रिकामा देउसी भैलो खेल्दै मनाइयो तिहार

afrika-1

लेगोस , नाइजेरिया ,नाइजेरियाको लेगोसमा गैर आबाशिय नेपाली संघको नाइजेरिया राष्ट्रिय समन्वय समितिले हरेक बर्ष झै यस् बर्ष पनि लेगोसको अपापामा देउसी भैलो खेलेर तिहार मनाएको छ | संघका अन्तरराष्ट्रिय समितिका कोषाध्यक्ष हिक्मत थापाको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन अन्तरराष्ट्रिय समन्वय समितिका सदस्य चिरन्जिबी रोकाले गरेका थिए |

देउसी भैलोमा संघका सचिब रोशन थापा , विश्वाश पौडेल , गंगासागर श्रेष्ठ , ईन्द्र टण्डन , अभिशेक सिंह , बुधराम महतो ,मदन बोहरा , मन थापा ,अन्जु पौडेल ,अर्चना सिंह लगाएत सदस्यहरुको सहभागीता थियो | उक्त देउसी भैलो कार्यक्रमबाट नेपाली रु सत्तरी हजार संकलन गरिएको र उक्त रकम संघले गर्ने कुनै परोपकारी सामाजिक कार्यमा नेपालमा पठाउने जनाइएको छ |

afrika-2 afrika-3

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...