Sunday, October 30, 2016

‘निजामती सेवालाई प्रभावकारी बनाइने’

punaya-dhakalपाँचथर, १४ कात्तिक । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले युनियनले मुलुकलाई सुशासनयुक्त बनाउने काम अघि बढाउने बताउनुभएको छ ।

सदरमुकाम फिदिममा आज रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “कसरी सेवालाई प्रभावकारी बनाउने र सेवाग्राहीलाई सन्तुष्ट बनाउने भन्ने हेतुले हामी काम गरिरहेका छौँ ।”

कुनै कर्मचारीले गल्ती ग-यो भने ऊ आफैँ जिम्मेवार हुनुपर्ने र उसैले त्यसको क्षतिपूर्ति तिर्नुपर्ने उहाँको भनाइ थियो । अध्यक्ष ढकालले नेपाल कर्मचारी युनियन सङ्घ र राष्ट्रिय कर्मचारी सङ्गठनलाई सर्वोच्च र पुनरावेदन अदालतमा दायर गरिएको मुद्दाबारे पुनःविचार गर्न आग्रह गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...