म्यारिल्याण्ड स्थित नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको १६ औ बार्षिक उत्सब गत अक्टोबर २ तारिखमा आर्थिक सहयोग गर्ने व्यक्तिहरु ,स्वयम् सेवक तथा बिशेष योगदान गर्ने बिभिन्न व्यक्तिहरुलाई सम्मानित गरिएको छ l
अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की(बिद्या वारिधि )ले सांस्कृतिक केन्द्र भवनको समुद्घाटन गर्नु को साथै प्रमाण पत्र वितरण गरेका थिए l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र तथा पशुपति बुद्ध मन्दिर दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए) को एक गुरु योजना हो l एएनए ले नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र हस्तान्तरण गरि सकेको छ l
अमेरिका भरका मनकारी मन र सहयोगी हातहरुको बिशेष आर्थिक सहयोगको कारण एनईसीसी ले रकम भुक्तानी गरि सकेको जानकारी अध्यक्ष खिलेन्द्र न्यौपानेले दिए l मन्दिर र सांस्कृतिक केन्द्रको स्थापना गर्न भूमिका निर्वाह गर्ने संस्थापक ,नेपाली समुदाय तथा एएनएलाई कदापी बिर्सन सक्दिन भन्दै सबैलाई बिशेष धन्यवाद न्यौपाने ले दिए l मन्तन्यको क्रममा अर्को साल हुने कार्यकारी समितिको निर्वाचनमा सहभागी हुन् आग्रह समेत गरे l
कार्यक्रममा समाज सेवी कृष्ण निरौला ,महा बाणिज्य दुत प्रेम राजा महत ,गैर आवासीय नेपाली संघ अमेरिकाकि उपाध्यक्ष रबिना थापा ,एएनए का वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारी ,एनसीसीसी पूर्व सभापति महेन्द्र कार्की ,एनपीपीए का सभापति सरोज प्रजापति तथा अन्य नेपाली समुदायका व्यक्तिहरुले शुभकामना तथा मन्तब्य राखेका थिए l
महा बाणिज्य दुत प्रेम राजा महतले अध्यक्ष तथा कार्यकारी समितिलाई बधाई दिदै मन्दिर टाडा भएको गुनासो आउने गरेको भन्दै मन्दिरमा नआउने तर घर मा बसेर कुरा काट्नेहरुलाई संदेश दिदै समुदायले निर्माण गरेको मन्दिर भएकोले मन्दिरको दर्सन गर्न आउन आग्रह गरे l यसै गरि र आवासीय नेपाली संघ अमेरिकाकि उपाध्यक्ष रबिना थापाले आफु पहिला देखि नै यस्मा संलग्न रहेकोले नेतृत्वले निकै काम गरेकोमा गर्व गर्दै धन्यवाद दिईन् l
खगेन्द्र अधिकारी महत्वपूर्ण दिनमा समुद्घाटनमा बोल्ने मौका दिएकोमा भएकोमा कृतज्ञता दिदै एएनए को तर्फ बाट बधाई दिए l दुख र पिडा मा पनि हास्न सक्नु पर्छ भन्ने मान्यता लाई म सहर्ष स्वीकार गर्छु भन्दै तो साझा बिषय हो भने l
भबिष्यमा एएनए को तर्फ बाट के सहयोग चाहिन्छ त्यो आफु गर्न तयार रहेको बताए l अध्यक्ष तथा कार्यकारी समितिले गरेको कार्य तथा संस्थाको पारदर्शिता देखि आफुलाई निकै गर्व लागेको बताए l
मन्दिरले नेपाल बाट केहि समयका लागि अमेरिका आएका पण्डित डिल्ली राम घिमिरेलाई पनि सम्मानित गर्यो l घिमिरेले मन्दिरको आग्रहमा एकाह पुराण गरेका थिए l पण्डित घिमिरेले आफु समुदायमा बसेकोले कुनै पारिश्रमिक नलिई मन्दिरलाई दिएका थिए l उनलाई मानार्थ गुठिमा राखिदै सम्मान गरिएको थियो भने उनका सुपुत्र उद्धव घिमिरेले वहाको तर्फ बाट सम्मान पत्र बुझेका थिए l एनईसिसि बार्षिकी सांस्कृतिक कार्यक्रममा नृत्य प्रतिस्प्रद्धाको समेत आयोजना गरिएको थियो l
No comments:
Post a Comment