Friday, October 7, 2016

स्थानीय निकायको निर्वाचन जरुरी : नेता पौडेल

pradip-poudelरामपुर (पाल्पा), २१ असोज । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन जरुरी भएको बताउनुभएको छ ।
नेपाल तरुण दल क्षेत्र नं– १ ले यहाँ आज आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले संविधान लागू गर्नका लागि स्थानीय निकायको निर्वाचन तत्काल गर्नुपर्नेमा जोडदिनुभयो ।

नेता पौडेलले संविधानले सबै जातजातीको हक अधिकारलाई सुरक्षित गरेको बताउँदै मधेसी दलको केही मुद्दालाई संविधानमा संशोधन गर्नुपर्दछ भन्नुभयो ।

दलित, महिला, मजदुरलाई अधिकार दिने काम काँग्रेसले गरेको बताउँदै उहाँले हतियारको राजनीति होइन काँग्रेसले सदैव विचारको राजनीति गर्दै आएको छ भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...