Monday, November 28, 2016

नेपालका फटाहा नेताहरुको भाषाण सुन्नु भन्दा, प्रोफेसर डाक्टर रामहरी सुबेदीले दिनु भएको साईबर अपराध र सुरक्षा सम्बन्धी ज्ञानबर्दक पाठ सिक्दा धेरै उपयोगी – उज्जल ठकुरी

hqdefault

मैले १३ वटा स्वर्ण पदक ल्याएर देशको शिर उच्च कोटीमा पार्दा कतिले अमेरिकामा मन पराए पराएनन त्यो कुरा मलाई थाहा भएन, तर मेरो मनस्तिथिले जुन ब्यक्तिले राम्रो काम गर्छ भने त्यो ब्यक्तिलाई समाजले चिन्नु पर्छ भन्ने धारणा बोकेर हिडेको मान्छे हुँ । मेरो राम्रो कामको तुलना कसैले गर्यो गरेन मलाई केहि भन्नु छैन । तर कसैले देश, जनता, ब्यक्ति बचाउने कार्य गर्छ भने मेरो सहयोगी हात सदैब अगाडी बढ्ने छ ।

देश जनता समाज र ब्यक्ती बचाउने भनेको कुनै एउटा सम्बन्धित निकाय र प्रसासनले मात्र होईन, प्रतेकमा जागरुक ल्याउनु र आँफुले जाने सिकेको कुराहरु अरुलाई र गलत कार्यहरु हुनबाट परिवार, समाज र देशलाई बचाउनु पनि हो ।
कोहि डाक्टर हुन्छन त उसले आफ्नो पेसा र आफ्नो निजि स्वार्थको लागि र आँफुलाई बिद्द्वान भनेर चिनाउनको लागि मात्र बनेका हुन्छन, तिनिहरुले समाजमा केहि पनि दिएका हुँदैनन, केही डाक्टर यस्ता हुन्छन जो समाज र राष्ट्रको लागि समर्पित हुन्छन, मानवको सेवामा दिनरात खटिएका हुन्छन ।

हाम्रो नेपाली समाजमा पनि धेरै सकारात्मक कुरालाई पनि नकारात्मक सोच राखेर हिंडने र अनाबश्याक कुराको बढि भन्दा बढि आलोचना गर्ने बानी छ। अति आवस्यक कुराहरुलाई बुझेर पनि बुझ्न चाहेको हुँदैन, उसले बुझ्यो भनेपनि नकारात्मक सोचको प्रबाह समाजमा गरि रहेको हुन्छ र अरुलाई पनि सिक्ने मौका दिन खोज्दैनन।
यसै सिलसिलामा केहि जानकारि लिन भनेर हिजो नोभेम्बर २७, २०१६ को दिन डिसीनेपाल डटकमका फाउण्डर डाक्टर रामहरी सुबेदीको निवास स्थानमा हामी पुग्यौं । नेपाली कम्युनिटीमा नेतृत्व गर्ने केहि साथिहरुलाई राखेर साइबर अपराध र सेक्युरिटी सम्बन्धी दिन खोजेको सत्य तथ्य कुरा केहो त भनेर मैले पनि भाग लिएँ। वहाले दिन खोज्नु भाको जुन कार्यक्रम थियो, यो अहिलेको परिवेशमा आएर अतिनै अवश्याक्ता रहेको मैले महशुस गरें ।

वाहाँले एउटा ब्यक्ति मात्र नभएर समाज, देश र प्रसासनलाई साईबर अपराधबाट बचाउने कुरो गर्नु भाको थियो। करिब २६ को सहभागिता ५ घण्टे प्रयोगात्कम तालिम, नेपालको सरकारी स्कुलका गरिब बिधार्थीहरुलाई साईबर सुरक्षा सम्बन्धी नि:शुल्क तालिमको सहयोगको लागि २० डलर बुझाउनु पर्ने थियो । हेर्दै जाने हो भने अझै तन्किन्दै जान्छ । यहि ज्ञानको बारेमा तपाईं एउटा क्लास मात्र लिन जानुभो भने करिब ५०० देखि १००० डलर तिर्नु पर्ने थियो जुन डाक्टर सुबेदीबाट प्राप्त भो ।

यत्रो भूमिका बाधेर मैले भन्न खोजेको के भने हिजो साईबर अपराध सम्बन्धी केहि सिकेर मुन्टो हल्लाउन्दै घर गएँ। तर आज बिहान एउटा समाचार कस्तो थियो भने सन फ्रान्सिस्को सहरको मेट्रो ट्रेन नै ह्याकरले ह्याक गरेछ ।

यो समाचार पढ्ने बितिकै डाक्टर रामहरी सुबेदीलाई फोन गरेर हामिलाई साईबर सुरक्षाको सम्बन्ध् सिक्ने जुन समय दिनु भो वाहाँलाई हृदयदेखिनै धन्यबाद दिन मनलाग्यो । समाज सेवा गर्ने भन्दै च्याउ झैं उम्रीएका संघसंस्थाहरु र नेपालका फटाहा नेताहरुको भाषाण सुन्नु भन्दा, डाक्टर रामहरी सुबेदीले दिनु भएको यो ज्ञानबर्दक पाठ सिक्दा बरु धेरै उपयोगी हुने कुराको मैले महशुस गरें । यसरि नै प्रतेक हप्ता समाज सेवाको काममा अघि बढ्नुस भनेर यहि पत्र मार्फत वाहाँलाई अनुरोध गर्न चाहान्छु । किनकी यो समाजमा पनि नेपाली युवा युवतीहरु साईबर अपराधबाट पिडित भएका छन। यो ज्ञानले समाजमा केहि राहत दिने छ । नेपालमा भन्दा पनि यहाँ बस्ने नेपालीहरुको लागि यो अभियान झन आबश्यक छ । वाहाँको यो पुन्य कार्यमा तपाईं हामी पनि तन मन दिएर लागौं अनि साईबर अपराधबाट भयभित समाजलाई बचाऔं ।
धन्यवाद
उज्जल ठकुरी
भर्जिनिया, अमेरिका

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...