Monday, November 28, 2016

ओहायो बिश्वबिद्यालयमा आक्रमण ,प्रहरी द्वारा संदिग्ध आक्रमणकारी मारिए

Law enforcement officials outside of a parking garage on the campus of Ohio State University as they respond to an active attack on Monday in Columbus, Ohio.

अमेरिकाको ओहायो राज्यको कोलम्बस स्थित ओहायो राज्य बिश्व बिद्यालयमा नोबेम्बर २८ तारिख बिहान १० बजे अगाडी संदिग्ध युवाले गरेको आक्रमणमा परि कम्तिमा १० जना घाईते भएका छन् l घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको जानकारी ओहायो राज्य विश्व बिद्यालयका प्रहरीले जनाएका छन् l

ति संदिग्ध युवाले ओहायो राज्य विश्व बिद्यालयमा राखी राखेको अर्को बिद्यार्थीको कारलाई आफ्नो कारले ठोकाएर हाम फालेर अचानक चक्कु प्रहार गर्न सुरु गरेका थिए l उनले आफ्नो गाडीले हिडेका बिद्यार्थी ,बटुवा तथा प्रहरीको गाडीलाई समेत ठक्कर दिए पछि सोहि परिसरमा रहेका प्रहरीले संदिग्ध युवाको क्रियाकलाब देख्ने बित्तिकै साबधान गर्दै १ मिनेट भित्रमा गोलि प्रहार गरि ति आक्रमणकारी लाई मारेका थिए l

cyyno2vwqaiptt2

                                                       मारिने सोमालियाका अब्दुल आर्टन

प्रहरीका अनुसार ति युवा कुनै आतंक बादी जस्तै क्रियाकलाब भएकोले थप अनुसन्धान गरिने भएको जानकारी दिइएको छ l पछिल्लो जानकारी अनुसार संदिग्ध आक्रमणकारी युवा को नाम अब्दुल अलि आर्टन भएको पुष्टी भएको छ भने उनि सोमालियाका शरणार्थी भै अमेरिका आएका थिए l मारिएका ति आक्रमणकारी अमेरिकाको कानुनी स्थाई आवासीय पत्र (ग्रिनकार्ड ) भएको प्रहरिले बताएका छन् l प्रहरीले कुन मिति र कहाँबाट लिएका बारेमा बताउन चाहेनन् भनि सीबिएसले लेखेको छ l

gettyimages-626301002

ओहायो स्टेट बिश्व बिद्यालयका प्रहरी अधिकृत अलान होरुज्कले अरु थप क्षति हुन् नपाउदै उनले अब्दुललाई गोलि प्रहार गरेका थिए l नजदिक रहेको अस्पतालमा भर्ना भएका सबै जना छुरी प्रहार तथा चोट पटक लागेको ओहायो स्टेट युनिभर्सिटी वेक्स्नर चिकित्सा केन्द्रका चिकित्सक एन्ड्रु थोमसले जानकारी दिएका छन् l

एक जना प्रतक्ष्यदर्शी बिद्यार्थीले सिबिएस समाचारलाई जानकारी गराउदै मृतक आक्रमण कारीले आफु खैरो कारमा द्रुत गतिमा हाक्दै प्रहरीको गाडी ठोक्कर दिए पछि अन्य मानिसलाई समेत कारले ठक्कर दिएका थिए भनि लेखेको छ l

cyyndrhxuaaxwqe

                                                         यिनै प्रहरीले गोलि चलाएका थिए 

अहिले सम्म उनको के उदेस्य थियो भने अहिले सम्म खुलाशा गरिएको छैन l यसै बर्ष कोलम्बस ओहायोमा एक चमेना गृहमा पनि रात्री भोजमा आक्रमण गरिएको र त्यहाँ पनि प्रहरी द्वारा आक्रमणकारी लाई मारिएको थियो l यसै गरि गत बर्ष पनि कोलम्बसमा मोहमद भन्ने संदिग्ध व्यक्तिलाई संघीय बडा न्यायालयले आतंकबादी समुहलाई केहि सामग्री पुर्याउन सहयोग गरेकोमा आरोप लगाएको थियो l

झन्डै ६० हजार को संख्या बिद्यार्थीहरु रहेका ओहायो स्टेट कोलम्बस महाबिद्यालय राष्ट्र कै ठुलो र कर्मचारी ज्यादा भएको बिश्व बिद्यालय मध्ये कै एक मानिन्छ l सन् २०१४ मा परिवार साथ मृतक अब्दुल आर्टन अमेरिका आएका थिए l १८ बर्षिय अब्दुलले सामुदायिक महा बिद्यालय समाप्त गरि भर्खर मात्र ओहायो स्टेट युनिभर्सिटी प्रवेश गरेको एक जना बिद्यार्थीले बताएकी छिन् l

 

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...