Sunday, November 20, 2016

विवाह उत्सवमा चेपाङ वालवालिकालाई खाना

2

रत्ननगर । वैदेशिक रोजगारीको लागि जापानमा रहेका दीपक नेपालले आफनो १५ औं विवहा बर्षगाठको अबसरमा चेपाङ वालवालिकालाई खाना खुवाएका छन । रत्ननगर १४ डुम्रिचोक निवासी नेपालले विवहा उत्सवमा अन्य खर्च नगरी गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित वालवालिकालाई खाना खुवाएका हुन । दीपककी आमा टिकाकुमारी नेपाल,दाजु नारायण नेपाल,छोरा दिप्सन,छोरी दिब्या केन्द्रमै पुगेर वालवालिकालाई खाना खुवाउनुका साथै उनीहरुसंगै गीत गायर रमाईलो गरेका थिए । नेपालले केन्द्रमा भवन निर्माण गर्दाको सुरुवाती चरण तथा समय समयमा चेपाङ वालवालिकालाई सहयोग गर्दै आएका छन । केन्द्रमा १२५ जना चेपाङ वालवालिका आश्रित रहेका छन ।

1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...