कवि सञ्जय मित्रको बज्जिक काव्यकृतिको विमोचन गरिएको छ । व्यवस्थापिका संसदमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति एवं लेखक प्रभु साहले मित्रद्वारा लिखित क्रोधसे बोधतक बज्जिका कविता संग्रहको विमोचन गरेका छन् । बारा, रौतहट तथा सर्लाही जिलामा बोलिने बज्जिका भाषाको साहको दोस्रो कृतिलाई विमोचन गर्दै पूर्वमन्त्री समेत रहेका साहले बज्जिका भाषाको विकासमा धेरैजना लागि सकेकाले बज्जिका साहित्य र संस्कृतिको अब विकास हुने बताएका छन् ।
आज विमोचित कृति समेत मित्रको यो छैठौँ कृति हो । यसअघि पच्चीस डेङ कविता संग्रह, रौतहट परिचय, नेपाली व्याकरण, नेपालमा बज्जिका भाषा र मुनामदन खण्डकाव्यको बज्जिकानुवाद प्रकाशित भइसकेको छ । नयाँ कृतिमा बज्जिका भाषाका गद्यशैलीका छब्बीसवटा आधुनिक कविता समेटिएका छन् ।
कवि साह नेपाली र बज्जिका भाषामा निरन्तर कलम चलाउँदै आएका छन् । मित्रका नेपालीमा तीन र बज्जिका भाषामा तीन कृति गरी छ कृति प्रकाशित छन् । विभिन्न साहित्यिक तथा गैरसाहित्यिक पत्रिकामा भाषा, साहित्य, संस्कृति र समाजलगायतका विषयमा मित्रले दुई दशकदेखि कलम चलाइरहेका छन् । कविता, कथा, हास्यव्यंग्य र समालोचना तथा खोजअनुसन्धानमूलक रचनामा मित्रको विशेष योगदान रहेको छ । मित्रले विभिन्न संघसंस्थाबाट दर्जनौँ पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन् ।
बज्जिका भाषा विकास परिषद नेपालको आयोजनामा रौतहटको शिवनगरमा आयोजित कार्यक्रममा साहले विजय यादव निर्बिजको प्रकाशोन्मुख बज्जिका उपन्यास प्रतिमाको व्यानरलाई सार्वजनिकीकरण गरेका छन् । आजदेखि प्रथम बज्जिका उपन्यास प्रतिमाको प्रचार प्रसार सुरु भएको उपन्यासकार निर्बिजले बताएका छन् ।
परिषदका अध्यक्ष शिवचन्द्र प्रसाद शाहको अध्यक्षतामा रौतहटको प्रसिद्ध धार्मिकस्थल शिवनगरमा आयोजित कार्यक्रममा बज्जिका प्रचार प्रसार समितिका संयोजक योगेन्द्र प्रसाद यादव, बज्जिका भाषा विकास परिषद नेपालका उपाध्यक्ष लालबाबु साह, रौतहट उद्योग वाणिज्य संघका महासचिव वृजकिशोर यादव, तराई मधेस लोकतान्त्रिक पार्टी निकट विद्यार्थी संगठनका सहमहासचिव उमेश यादव, गरुडा उद्योग वाणिज्य संघका अध्यक्ष राम भरोस प्रसाद यादव, साहित्यकार राम अधार पासवान, बज्जिका साहित्य संगम रौतहटका अध्यक्ष श्याम सहनी चन्द्रांशु, बज्जिका भाषा शिक्षक प्रतिष्ठानका अध्यक्ष सफिन्द्र प्रसाद यादव लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्दै बज्जिका भाषा र संस्कृतिको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गायक तथा कलाकार विजय यादव निर्बिजले बज्जिका उपन्यास बज्जिका भाषा र संस्कृतिको संगम भएको बताएका छन् । कार्यक्रममा जिल्लाका संचारकर्मी, बज्जिकासेवी, समाजसेवी, व्यावसायी लगायतको निकै ठूलो उपस्थिति रहेको थियो ।
कार्यक्रमअघि शिवनगरको महादेव मन्दिरभित्र प्रकाशोन्मुख औपन्यासिक कृति प्रतिमाको पण्डित राजेश्वर पाण्डेले विधिपूर्वक मन्त्रोच्चारण गरी कृतिकार निर्बिजद्वारा दूधाभिषेक गरिएको थियो ।
Friday, November 4, 2016
बज्जिका भाषामा लेखिएको सञ्जय मित्रको दोस्रो काव्यकृति विमोचित
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए
काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...
No comments:
Post a Comment