Friday, November 4, 2016

उत्तम भण्डारीको शब्द संगीतमा प्रकाश ओझाको पुनरागमन

unnamed

बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारीले उनको नयाँ एल्बम उमंगको एउटा भिडियो सार्वजनिक गरेका छन । यसपाली मैले बोलको कमेडी शैलिको यस गीतमा भण्डारीले केही समयका चर्चित गायक प्रकाश ओझालाई पुनरागमन गराएका छन । किन रुन्छ मन बोलको चर्चित कारुणिक भाबको गीत गर्न सफल भण्डारीले यसपाली भने कमेडी धारलाई समातेको देखिन्छ ।

हरेक किसिमका गीतहरु लेख्न र संगीत भर्न माहिर बहुप्रतिभाशाली उत्तम भण्डारीको यो गीत पनि सफल हुने र श्रोता दर्शकले मन पराउने कुरामा उनी आशाबादी रहेका छन । रेश्मा तिमील्सिना , सन्त कुमार राई , सविन लिम्बुको अभिनय, कुन्साङ राइको स्रिंगार , पासाङ शेर्पाको छायांकन , राज कुमारको सम्पादन अनि अनिता श्रेष्ठको निर्देशन रहेको प्रस्तुत गीतको भिडियो राम्रो बनेको भण्डारी बताउछँन । एल्बमको अरु गीतहरुको पनि काम भइरहेको र छिट्टै एक समारोह बिच एल्बम सार्वजनिक गरिने उनी जानकारी दिन्छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...