Sunday, November 13, 2016

श्रीमतीलाई वियोगान्त पत्र लेखी नारायणी नदीमा

चितवन, २८ कात्तिक । श्रीमतीलाई वियोगान्त पत्र लेखेर मोरङका एक युवक गए राति नारायणी नदीमा हामफालेका छन् ।
वडा प्रहरी कार्यालय नारायणीका अनुसार नारायणी नदीको पुलको बीच भागमा श्रीमतीलाई पत्र लेखेर छाडेका पथरी– १ मोरङका ३१ वर्षीय तिलकप्रसाद लिम्बू नदीमा हामफालेका हुन् ।

प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार पत्रमा श्रीमती अञ्जलीलाई राम्रोसँग जिउन आग्रह गरिएको छ । पत्रसँगै श्रीमतीको सक्कल नागरिकता, आफ्नो नागरिकताको प्रतिलिपि, मोबाइल, चुरोट, लाइटर, ज्याकेट, कलम, विवाह दर्ताको प्रमाणपत्र पनि छाडिएको छ । उनीहरुको २०६० साल फागुन २५ गते विवाह भएको प्रमाणपत्रमा उल्लेख छ । आज बिहान पत्र र ती सामग्री फेला परेपछि प्रहरीले नदीमा उनको खोजीलाई तीव्रता दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...