Sunday, November 13, 2016

राष्ट्रिय भलिबल प्रतियोगिता पुसमा

vollyballताप्लेजुङ, २८ कात्तिक । आगामी मङ्सिर २७ गतेदेखि ताप्लेजुङमा हुने तय भएको राष्ट्रिय भलिबल प्रतियोगिता २२ दिन पर सरेको छ ।
प्रतियोगितामा सहभागी हुन आउने खेलाडी बङ्गलादेशमा आगामी पुस ८ गतेदेखि हुने भलिबल प्रतियोगितामा भाग लिन जाने भएपछि पुस १९ गतेदेखि सुरु गर्ने निर्णय गरिएको जिल्ला भलिबल सङ्घका अध्यक्ष दिवस चोङ्वाङले जानकारी दिनुभयो ।
पुस १९ गतेदेखि २३ गतेसम्म सदरमुकाम फुङलिङमा हुने प्रतियोगितामा तीन विभागीय र पाँच क्षेत्रीय टोलीको सहभागिता रहने चोङ्वाङले बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख ३० हजार र द्वितीयले रु एक लाख ६५ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...