काठमाडौं, २८ कात्तिक । पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लगाएको भारत सरकारले दुई हजारको नयाँ नोटमा नेपाली भाषा प्रयोग गरेको पाइएको छ ।
बजारमा आउन लागेको दुई हजारको नयाँ नोटमा नेपाली भाषा पनि उल्लेख गरिएपछि यसमा धेरैले चासो दिएका छन् । यो नोटको नेपालमा पनि चर्चा भइरहेको छ । धेरैले नेपाली फकाउने नरेन्द्र मोदीको अर्काे कुटनीति भनेका छन् ।
भारतीय मिडिया सत्याग्रहका अनुसार २ हजार भारुको नयाँ नोटको पछिल्लो भागमा १५ भाषामा लेखिएको छ, जसमा ‘दुई हजार रुपैयाँ’ पनि लेखिएको छ ।
नयाँ नोटमा भारतमा बोलिने प्रमुख भाषाहरु पनि राखिएको द क्वीजले जनाएको छ । जसमा नेपाली पनि परेको हो । भारतमा पनि नेपाली भाषी नागरिकहरु छन् र भारतको संविधानको अनुसूचिमा समेत नेपाली भाषा समेटिएको छ ।
No comments:
Post a Comment