Sunday, November 13, 2016

अमेरिकामा नेपालका राष्ट्रिय क्रिकेट खेलाडी सहितको राइनोज क्रिकेट टोलि बिजयी

img_6365

नेपालका राष्ट्रिय क्रिकेट खेलाडीहरु पारस खड्का ,बसन्त रेग्मी , शरद भेषावकर ,सिद्धान्त लोहनी लगायत ७ जना उत्कृष्ट खेलाडीहरु सहितको नेपाली राइनोज क्रिकेट टोलीले आज अमेरिकाको टेक्सास राज्यको ह्युसटन स्पार्क टोलिलाई अन्तिम खेलमा पराजित गरि बिजयी भएको छ l

नेपाली राइनोज क्रिकेट टोलीले सम्पूर्ण खेल अपराजित हुदै ५४ रन को फराकिलो अन्तरले प्रथम स्थान हासिल गर्दै ६० हजार २ सय ५० डलर प्राप्त गरेको छ lनेपाली राइनोज क्रिकेट टोली नेता पारस खड्काले बिजयी भएकोमा हर्ष व्यक्त गर्दै नेपाली क्रिकेट टोलि सहि मार्गमा भएको बताए l क्रिकेटलाई नेपालीले मन पराउने भन्दै सबै खेलाडीले ज्यादै मेहनत गरेकोले यो फल प्राप्ति गरेको बताए l

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो भने उक्त टोलीमा स्थानीय खेलाडीहरु समेतको सहभागिता रहेको छ l

img_6364

क्रिकेट खेलमा उत्कृष्ट खेलाडी शन फिन्ले घोषित भएका छन् भने उत्कृष्ट बलर असन अलि घोषित भएका छन् l अमेरिकामा पहिलो पटक आयोजना गरेको उक्त खेलमा इतिहास रच्न नेपाली टोलि सफल भएका छन् l मित्स्युबिसी कम्पनीको प्रमुख प्रायोजनमा अमेरिकामा सम्पन्न भएको उक्त खेलमा उप बिजेता ह्युस्टन स्पार्कले १७ हजार २ सय ५० डलर प्राप्त गरेका छन् l

गत नोवेम्बर को ९ देखि १३ तारिख सम्म आयोजना भएको थियो भने यसको अतिरिक्त गत अक्टोबर ३० तारिखमा डीसी महानगर क्षेत्रको भर्जिनियामा कप्तान पारस खड्का ,सिद्धान्त लोहनी तथा बसन्त खड्का संग भेटघाट तथा स्वागत कार्यक्रम राखिएको थियो l

आयोजकले राष्ट्रका गौरब र शिर उच्च बनाउन सफल नेपालका चर्चित राष्ट्रिय क्रिकेटहरुलाई हौशला दिन नेपाली समुदायलाई आग्रह समेत गरेको थियो l यसको साथै गत नोवेम्बर ६ तारिख मेरिल्याण्ड राज्यको हयात्सभिलमा घाइते राहत कोष वृद्धिको साथै नेपाली राइनोस क्रिकेट कल्बका बिरुद्ध वाशिंगटन क्रिकेट क्लबका सबै खेलाडीहरु बीच मैत्रीपूर्ण तथा च्यारिटी (परोपकार) क्रिकेट खेल समेत आयोजना गरिएको थियो l प्रतियोगिताको मुख्य उद्देस्य नेपालका क्रिकेट खेलाडीलाई अमेरिकाको भ्रमण गराई घाइते राहत कोषको वृद्धि गर्नु रहेको छ l

img_6361

आयोजक ,नेपाली राइनोज क्रिकेट कल्ब नेपालका भूतपूर्व राष्ट्रिय खेलाडीहरुको पहलमा नेपालका क्रिकेट खेलाडीहरुलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो l यस्को लागि राइनोस क्रिकेट कल्ब गैर मुनाफा सामाजिक संस्था युएसए नेपाल कम्युनिटि आउटरिच नेटवर्क ,टेक्सास नेपाली समाज ,डलास एवेरेस्ट लाइन्स कल्ब तथा अन्य नेपाली गैर मुनाफा सामाजिक संस्था संग सहकार्य गर्दै अभियानलाई सफल बनाएको छ l

हुस्टनमा नोवेम्बर ९ देखि १३ तारिख सम्म चलेको प्रतियोगितामा नेपाल ,युएई ,बेलायत ,पाकिस्तान तथा अमेरिकाका अन्य क्लबहरुको सहभागिता रहेको थियो l उक्त टि -२० नामक प्रतियोगिता ५ दिन सम्म संचालन रहेको थियो l

rhinos paras

img_6363-1 img_6362-1

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...