Thursday, November 24, 2016

प्रधानमन्त्रीजी संसदमा एमाले पनि छ, याद रहोस्ः केपी ओली

kp-oli-1

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुननसक्ने बताएका छन् । एमाले निकट युवा संघ नेपाल र अनेरास्ववियुद्धारा विहिबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले तराई पहाड अलग गराउने संशोधन प्रस्तावलाई एमालेले रोक्ने बताए । ‘यो सरकार प्रयोजित ढंगले घातक उद्देश्यले बनेको छ ।

यसले अब संविधान संशोधन प्रस्ताव संसदमा पेस गर्छ नै,’ प्रचण्डप्रति निकै आक्रोशित देखिएका ओलीले भने- ‘म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, संसदमा एमाले पनि छ याद रहोस् । पहाड तराई अलग गराउने प्रस्ताव एमालेले रोक्छ ।’ ओलीले राष्ट्रियताको सवालमा चनाखो भएर बस्न र आन्दोलनका लागि तयार रहन पार्टी कार्यकर्तालाई निर्देशन पनि दिए । कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, जनमोर्चा, राप्रपा, मधेसवादी दल लगायत अधिकांश पार्टीका नेताहरु बोलेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...