Thursday, November 24, 2016

केकी अधिकारीले कपाल खौरिएकी हुन् ? (भिडियो सहित)

hqdefault

काठमाडौं । नायिका केकी अधिकारीको नयाँ अवतार अहिले चर्चामा छ । उनी एक म्युजिक भिडियोमा कपाल खौरिएको ‘तालुखुइले’ अवतारमा देखिएकी छन् । शीतल कादम्बिनीको शब्दमा राज सागरको संगीत तथा स्वर र पासाङ योन्जन लामाको निर्देशन रहेको गीत ‘चिसो सहर’मा केकी अपांगता भएकी र कपाल खौरिएको युवतीको भुमिकामा देखिएकी हुन् । यहाँनेर प्रश्न उठ्छ कि के केकीले साच्चै कपाल खौरिएकी हुन् त ? तर, होइन् । मेकअप कलाकार सीमा गुरुङले कपाल नकाटेरै केकीलाई कपाल खौरिएजस्तै देखिने बनाएकी हुन् ।

तर, कसरी ?

kp-oli-1

मेकअप कलाकार गुरुङका अनुसार ‘बर्ड मेकअप’ भनिने यस्तोखाले मेकअप गर्दा कपाललाई भित्र मिलाएर राख्नुपर्छ र बाहिरबाट कपाल सिनित्तै खौरिँदा देखिनेजस्तो ‘विग’ टाँसिन्छ । करिब दुई घन्टा समय लगाएर यस्तो मेकअप गरिएको थियो । यसअघि नायिका निशा अधिकारीले रियलमै कपाल खौरिएकी थिइन् ।

हेर्नुस् भिडियोमा कपाल खौरिएकी केकीलाईः –

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...