Sunday, November 27, 2016

पाँच नं प्रदेश टुक्र्याउन खोजे काँग्रेसले आन्दोलन गर्ने

कपिलवस्तु, १२ मङ्सिर । नागरिकको भावना विपरीत नेपाली पाँच नं प्रदेशलाई टुक्र्याउन खोजे आन्दोलनमा उत्रने नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताले चेतावनी दिएका छन् ।

पार्टीका अगुवा कार्यकर्ताले आज बाणगङ्गा नगरपालिकाको जितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नागरिकको मागबिना नै संशोधन प्रस्तावमार्फत पाँच नं प्रदेशलाई टुक्र्याउन खोज्नु मुलुककै लागि दुर्भाग्य हुने बताएका छन् ।

मधेसी समुदायले समेत पहाडी जिल्ला अलग्याउनुपर्ने माग नराखेको अवस्थामा प्रदेश टुक्र्याउन खोजे आन्दोलन गर्ने नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव अनिल घिमिरेले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...