Sunday, November 27, 2016

संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्धः प्रधानमन्त्री

pmपर्सा, १२ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस, पहाड र हिमाललाई जोडी संविधानलाई कार्यान्वयनमा लैजान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

सरकार संविधान संशोधनको अन्तिम तयारीमा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले हिमाल, पहाड र तराईलाई एकाकार गरी संविधानलाई कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न सबै नेपालीको समर्थन सरकारलाई प्राप्त भएको जानकारी दिनुभयो ।

पतञ्जलि योगपीठ नेपालले महिला तथा बालबालिकाका लागि वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज आयोजना गरेको विशेष योग शिविरको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सबै नेपालीलाई एकाकार गरी राष्ट्र निर्माणको थालनी गरेको अभियानमा मधेस, पहाड, हिमाल सबै क्षेत्रका जनताको अपार समर्थन प्राप्त भएको दाबी गर्नुभयो ।

नेपालमा आयुर्वेद उद्योग स्थापना गरी त्यसबाट भएको आम्दानी सामाजिक कार्यमा खर्च गर्ने स्वामी रामदेवको घोषणाको स्वागत गर्दै उहाँले नेपालबाटै सुरु भएको योग विद्यालाई उद्योगसँग जोडी विश्वभरी पु¥याइ नेपालीलाई गौरवान्वित बनाएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “स्वामी रामदेवले योग र उद्योगको अद्भूत समायोजन गरी मानवको जीवन पद्धति र समृद्धिका लागि गर्नुभएको योगदान अविस्मरणीय छ ।”

शिविरमा सहभागी प्रधानमन्त्री प्रचण्डलाई स्वामी रामदेवले योगबारे जानकारी दिनुका साथै योगाभ्याससमेत गराउनुभएको थियो । कार्यक्रममा आठ हजारभन्दा बढी महिला तथा बालबालिकाले योगाभ्यास गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...