Wednesday, November 2, 2016

सुर्खेतमा प्रहरी चौकीबाट रातारात यसरी लुटियो हतियार, बञ्चरो र हँसियाले आक्रमण

img_4723

सुर्खेत, १७ कात्तिक । सुर्खेतमा एक प्रहरी चौकीबाट रातारात हतियार लुटिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार राति आग्रीगाउँस्थित देउली प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेर हतियार लुटेका हुन् । करिब ३० जनाको संख्यामा रहेका स्थानीयबासीले बञ्चरो, हँसिया लगायतका घरेलु हतियारले प्रहरी चौकीमा आक्रमण गरेर प्रहरीका हतियारहरु खोसेका थिए । मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी माधवप्रसाद नेपालले गाउँलेले चौकीबाट तीनवटा राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्डभन्दा बढी गोली लुटेको बताए । प्रहरीकाअनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच भएको विवादले उग्र रूप लिएपछि स्थानीयले घरेलु हतियारसहित राति चौकीमै आक्रमण गरेर हतियार कब्जामा लिएका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...