Wednesday, November 2, 2016

जर्मनीका सर्वाधिक गोलकर्ता क्लोजद्वारा सन्यासको घोषणा

img_4723

काठमाडौं, १७ कात्तिक । जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल जीवनबाट सन्यास लिएका छन् । सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको कीर्तिमान समेत बनाएका थिए । अब क्लोज जर्मनीको कोचिङ स्टाफ बन्ने जनाइएको छ । उनलाई जर्मन टोलीका प्रशिक्षक जोचिम लोले आमन्त्रण गरिसकेका छन् । पोल्याण्डमा जन्मिएका क्लोलले जर्मनीबाट २००१ मा डेब्यू गरेका थिए । देशका लागि १३७ खेल खेलेका उनले २०१४ जुनमा गर्ड मुलुरको ६८ गोलको ४० वर्ष पुरानो रेकर्ड तोडेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...