Saturday, November 19, 2016

क्यान्सर बिरामीलाई आर्थिक सहयोग

रत्ननगर (चितवन), ४ मङ्सिर । चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचाररत एक विपन्न परिवारका क्यान्सर पीडित किशोरलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

रक्त क्यान्सरबाट पीडित बारा गढीमाई नगरपालिका– १५ डुमरवानाका १८ वर्षीय युनेश पौडेललाई आर्थिक अभावका कारण उपचारमा समस्या उत्पन्न भएको समाचार पत्रिकामा प्रकाशित भएपछि गढीमाई नगरपालिका– २ सिमराका श्यामबाबु गुप्ताको पहलमा उनलाई रु. एक लाख एक हजार १११ रुपैयाँ नगद सहयोग गरिएको छ ।

युनेशको उपचारका लागि सिमराका श्यामबाबु गुप्ताले ५६ हजार नौ सय ११, वीरगञ्जका सञ्जय गुप्ताले १५ हजार, पर्साका रमिर नहर्कीले ११ हजार, सिमराका सन्तोष कार्कीले पाँच हजार पाँच सय सहयोग प्रदान गर्नुभएको थियो ।

त्यस्तै मनोज पुरीले पाँच हजार एक सय, पर्साका प्रकाश बर्तौलाले पाँच हजार एक सय र सिमराका डा श्रवण मण्डलले दुई हजार पाँच सय रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको थियो ।

उक्त सहयोग रकम श्यामबाबु गुप्ता, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. प्रेमसागर शर्मा र क्यान्सर सेवा समाजका संयोजक श्याम लामिछानेले संयुक्तरुपमा युनेसलाई हस्तान्तरण गरिएको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...