Saturday, November 19, 2016

कसरि बचाउने त दुखि डलर अमेरिकामा? अचुक फर्मुला जसले तपाइको आखा खुल्न सक्छ

15107262_10154313032003999_7803435671180412764_n

‘जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड’ भनेजस्तै आफ्नो नियमित ब्यवहार र गतिविधिले तपाईं हाम्रो दैनिक जीवनमा ठूलो फरक पार्दछ र महत्व राख्दछ पनि । तपाईं हाम्रा आर्थिक समृद्धशाली बन्ने, जीवनलाई सरल र सहज ढंगले चलाउने र आफ्नो प्रवृत्तिलाई ब्यवस्थित र सन्तुलित गर्न सके भविष्यमा थुप्रै अप्ठ्यारा आर्थिक कठिनाई र समस्याबाट गुज्रिने अवस्थाबाट बचाउन सक्दछ । हामी संसारको समृद्धशाली र अवसर र आर्थिक स्वतन्त्रताको मुलुक अमेरिकामा बसेको भनिए पनि सोचेजस्तो र कल्पना गरेजस्तो छैन यो अमेरिका । कडा परिश्रम गर्नैपर्छ । काम गर्नैपर्छ र श्रम गर्नैपर्छ, जीवन चलाउन र बिल तिर्न । अमेरिकामा श्रमको सम्मान त छ नै । आफ्नो परिश्रमबाट आर्जेको पारिश्रमिक र अर्थ सन्तुलित, ब्यवस्थित र निगरानीपूर्वक चल्न चलाउनसकिएन भने अमेरिकामा रहे पनि हामीले सोचेजस्तो आर्थिक स्वतन्त्रता प्राप्त गर्न सकिँदैन । र, सर्वदाअभावमै जीवन गुजार्नुको अर्को विकल्प छैन पनि । आफूले आर्जन गरेको डलर कसरी बचत गर्नसकिन्छ ? कसरी खर्च कटौती गर्न सकिन्छ ? कसरी कम खर्च वा डलरबाट बढीभन्दा बढी सुविधा रसहुलियत प्राप्त गर्न सकिन्छ ? यसका लागि आवश्यक उपायहरू कसरी अवलम्बन गर्ने र कसरीजानकारी प्राप्त गर्ने भन्ने कुराहरू बढी महत्वपूर्ण हुन्छ । त्यसैले मैले खर्च कटौतीका उपायहरू सबैलाईउपयोगी हुनसक्छ भन्ने अभिप्रायले यहाँहरू माझ यो लेख प्रस्तुत गरेको छु ।
कसरी आफ्नो औकातभन्दा बढी वा कमाएको भन्दा कम खर्च गर्ने भन्ने नै सबैभन्दा महत्वपूर्ण कुरा हो । कमाउने ५ डलर तर खर्च गर्ने त्योभन्दा बढी हुँदा हाम्रो दैनिक जीवन असन्तुलित र अव्यवस्थित हुन पुग्दछ । आफूले सामान किन्दा अनलाइनबाट खरिद गर्दा सस्तो पर्न आउँछ । त्यसैगरी घरमा टेलिफोन, ईन्टरनेट र टीभीलाई बन्डलको रूपमा एकमुष्ट सेवा लिँदा पैसा निकै सस्तो र सहुलियत हुन्छ । आफ्नो क्रेडिट स्कोरमा सुधार ल्याउने, सहुलियतमा प्राप्त हुने वस्तुहरू किन्दा रिवेटको अवसर हेर्ने, घरमा ग्यासबाट हिटर प्रयोग गर्ने, बेलाबेलामा मोर्टगेज कम्पनीलाई ब्याजदर घटाउन अनुरोध गर्ने, आफ्नो क्रेडिट कार्डमा ब्याजदर घटाउन अनुरोध गर्ने, घरलाई समयपश्चात् रिफाइनान्स गराउने, घरको बीमा लिँदा निजी बीमा कम्पनीलाई निगरानी राख्ने आदि कार्यबाट थुप्रै डलर बचाउन सकिन्छ । त्यसैगरी म्यागेजिन, किताब, डीभीडीहरू खरिद गर्नुभन्दा लाइब्रेरी र रेडबक्स वा रेन्टल सेवाबाट सस्तो पर्न जानेछ । त्यसैगरी कार किन्दा अनलाइनबाट सस्तो डिलरहरू हेर्न सकिन्छ । जसबाट पनि केही डलर बचाउन सकिन्छ । बैंकमा चेकिङ खाता खोल्दा शुल्क नलिने बैंक खोज्ने, शुल्क लिन थालेमा अर्को बैंक परिवर्तन गर्न सकिनेछ । बचत खातामा ब्याज पनि आउने हुँदा खाता खोल्नुअघि राम्ररी सोधपुछ गरी निःशुल्क खाता खोल्दा वर्षमा केही डलर बचाउन सकिनेछ । घुम्दा, भ्रमण गर्दा, रिवार्ड कार्डहरू प्रयोग गर्ने, क्रेडिट कार्डको शून्य ब्याजदर र गतिविधिलाई निगरानी राखिराख्ने र सकेसम्म क्रेडिक कार्ड प्रयोगमा कमी ल्याउने गर्नुपर्दछ ।जसले तनावबाट बचाउँछ र डलर पनि जोगाउँछ ।
किफायती बानी ब्यवहारबाट पनि हाम्रो दैनिक जीवनमा ठूलो राहत पुग्दछ । घरमा फ्लोरसेन्ट बत्ती प्रयोगगर्ने, पानीको प्रयोगमा किफायती गर्ने, फोहोर कम्पनीलाई हप्ताबाट अर्धमासिक सेवामा लैजाने, घरमाप्रयोग नहुने कोठाको भेन्टिलेसन बन्द गरी तातो र चिसो लगाउँदा उठ्ने खर्चमा कमी गराउने । त्यसैगरीकार–गाडी प्रयोग खरिद तथा प्रयोग गर्दा सकेसम्म प्रयोग गरिसकेको किन्ने र लामो समयसम्म चलाउने ।बीमा किन्दा प्रिमियम नकिन्ने, जसबाट थुप्रै डलर जोगाउन सकिनेछ । कार, सम्पति वा घरको बीमाकिन्दा सकेसम्म डिटक्टेबल मूल्य बढाउँदा सानातिना क्षतिहरू आफैंले ब्यहोर्दा बीमा बढ्ने भएमा त्यस्तोबीमा हटाइदिने । त्यसो गर्दा खराव बीमा रेकर्ड रहने अवस्थाबाट बच्न सकिनेछ । त्यसैगरी क्षतिको बीमार अवस्था हेरेर र बुझेर मात्र बीमाबाट भुक्तानी दाबी गर्दा भविष्यमा बीमाबाट लाग्ने अतिरिक्त शुल्क वामूल्यबाट बच्न सकिनेछ ।
त्यसैगरी सेलफोन प्रयोग गर्दा वा गरिएको छ भने घरको जमीन लाइन फोन हटाइदिने र किफायती बन्ने । इन्टरनेट सेवा कम चलाउने । टीभीका अनावश्यक च्यानलहरू हटाइदिने । सेलफोन किन्दा परिवारको अन्य सदस्यलाई समेत हुनेगरी सस्तो ‘परिवार योजना’अन्तर्गत लिँदा सस्तो र किफायती हुन्छ । सकेसम्म प्रिपेड फोन प्रयोग गर्दा धेरै नै सस्तो पर्न जान्छ । त्यसैगरी विवाह, भोज, ब्रतवन्ध वा अन्य जमघट तथा समारोहकोउपहारमा सीमित, सहुलियत, आवश्यक र किफायती ढंगले आफूलाई सीमावद्ध गर्दा ठूलो समुदायमा बस्नेमानिसहरूलाई धेरै राहत पुग्न सक्छ । घरमा सकेसम्म शाकाहारी बन्दा किफायती बन्न सकिन्छ । मासु,मसला वा अन्य सौखिन खाना कटौती गरी स्वस्थ खानातर्फ जोड दिँदा धेरै खर्च कटौती हुन पुग्दछ ।आफू सकेसम्म स्वस्थ रहने, स्वस्थ का लागि हरदम प्रयास गर्ने । जसबाट डाक्टरकहाँ धाउने, औषधिकिन्ने आदि खर्चबाट बच्न सकिनेछ । हेल्थ क्लबको सदस्यता नलिने, काममा जाँदा घरबाटै खाना लैजाने,बाहिर खाने बानीमा कमी ल्याउँदा बढी स्वस्थ हुनुका साथै किफायती पनि हुन्छ । धुम्रपान गर्दै नगर्ने ररक्सी सेवन गर्ने बानी भएमा त्यसलाई कमी गर्न सके स्वस्थ हुनुका साथै बीमामा कमी र पैसा जोगाउनसकिनेछ । जीवन बीमा किन्दा समयसीमा जीवन बीमाबाट अतिरिक्त शुल्कबाट बच्न सकिनेछ । त्यसैगरी स–साना बस्तुहरू किन्दा वारेन्टी अफर स्वीकार नगर्दा राम्रो हुन्छ । सामान किन्दा सस्तो वा संख्यात्मकभन्दा बढी गुणात्मक सामान खरिद गर्नुपर्छ । गुणात्मक सामान किन्दा बढी मूल्य परे पनि अन्ततोगत्वा यसबाट खर्चमा कमी आउँछ । गुणात्मक किन्दा एक पटक चिन्ता हुन्छ भने सस्तो किन्दा सधैं चिन्तित हुनुपर्छ । सामान किन्दा रिवेट, एउटा किन्दा अर्को सीत्तैमा वा दुई वटा किन्दा अर्को सीत्तैमा जस्ता सहुलियत अमेरिकामा प्रसस्तै देख्न र सुन्न पाइन्छ । यो मुलुकको अर्थब्यवस्था तथा बजार सहुलियत सिद्धान्तमा आधारित छ ।
त्यसैगरी काम गर्दा अवकासपछि जम्मा भएको पैसा निम्न खर्चअन्तर्गत संयुक्त कोष ४०१ (के) मा ध्यान दिनुपर्छ । यसबाट पे चेकमा कमी आउँदैन र भविष्यमा उचित कोष जम्मा हुन पुग्दछ । सकेसम्म रोजगारदाताबाट प्राप्त हुने ४०१ (के) को योगदानको फाइदालाई हेर्नुपर्दछ । त्यसैगरी अर्को महत्वपूर्ण कुरा भनेको सेवा प्रयोग गरेवापत तिर्नुपर्ने भुक्तानी समयमै तिर्ने, भुक्तानी झुक्किने समस्यामा कमी ल्याउनुपर्छ । र, यसलाई सकेसम्म ब्यवस्थित बनाउनुपर्छ । जसबाट पनि थुप्रै डलर जोगाउन सकिन्छ । आफ्नो बिल बैंकमार्फत आफ्से आफ तिर्ने प्रणाली वा भुक्तानी सकेसम्म नबिर्सिनु नै राम्रो हुन्छ । घरमा इन्सुलेसन प्रयोग गर्दा खर्च र वातावरण जोगिने हुँदा त्यसतर्फ ध्यान दिने । परिवारमा सौहाद्र्धता बढाउने, मितब्ययी सिद्धान्त पालना गर्ने, असौहाद्र्धता, डिभोर्स वा बेमेलले ठूलो धनराशि खर्च हुन्छ । सकेसम्म सामान वस्तु खरिद गर्दा कुपन सहुलियत प्रयोग गरी ग्रोसरी किन्ने । शनिवार र आइतवारका पत्रिका, मेलमा आउने विभिन्न सहुलियत अफरको प्रयोगबाट पनि धेरै पैसा बचत हुन्छ । त्यसैगरी सप्ताहन्तमा लाग्ने मेला फ्लि मार्केट, कृषक बजार, यार्ड सेल आदिमा किनमेल गर्दा पनि धेरै डलर बचाउन सकिन्छ ।
घरमा विद्युतीय वस्तु एवं ग्यास प्रयोगमा ब्यवस्थापन र निगरानीले पनि धेरै पैसा जोगाउन सकिनेछ । ग्यास प्रयोगमा कमी ल्याई डलर बचाउन ब्यवस्थित रुटिङ बनाउन जरुरी छ । घरमा सकेसम्म पिगी बैंक, खुत्रुकेमा पैसा संकलन गर्दा आपतकालीन अवस्थामा ठूलो राहत पुग्दछ । अपार्टमेन्ट लिँदा वा घरभाडामा बस्दा अर्को साथी पनि राख्दा किफायती हुन जानेछ । सकेसम्म आफ्नै बगैंचामा तरकारी, फलफूल लगाउने, ग्यास उपहार कार्ड प्रयोग गर्ने, पसलमा मिनरल वाटर किन्नुभन्दा घरमा वाटर फिल्टर राख्ने र विभिन्न अफरहरू आउँदा सकेसम्म ‘नो’ भन्ने बानी बनाउन जरुरी छ । त्यसैगरी आफ्नो आम्दानी राम्रो छ भने सरकारलाई नढाँट्ने, फूड स्टाम्प, विक जस्ता सामाजिक सरकारी सहुलियतहरू सकेसम्म प्रयोग नगर्दा राम्रो हुन्छ । यदि कम आम्दानी छ भनेचाहिँ यी सेवाहरू लिँदा हुन्छ ।हरेक ६-६ महिनामा तपाइको सेल फोन कम्पनि, घरको फोन कम्पनि र फेम्लि प्लानको फोन कम्पनिको कस्टुमर सर्भिसमा कल गरि डिल माग्नुहोस वा उनिहरुको ग्राहक प्रमोशन निति अन्तर्गत सहुलियत माग्नुहोस त्यसबेला कम्तिमा २ सय डलर जति बर्षमा जोगाउन सक्नुहुनेछ।
त्यसैगरि बाइ १ गेट १, अर्थात बाइ १ गेट २, २०% अफ, ३०% अफ, ५०% अफ कहिलेकाहि त क्लिलिरियन्स गर्दै गरेका बस्तुहरु, आउट अफ बिजिनेसमा जादै गरेका बस्तुहरुको बिज्ञापनहरु हेर्दै गर्नुहोस जहा तपाइले भने जस्ता सामानहरु निक्कै सस्तोमा पाउनु हुनेछ। कहिले काहि यार्ड सेल, फ्लि मार्केटमा पनि तपाइका चाहना, आबस्यकता र रोजाइका मज्जाका बस्तुहरु असाध्यै सस्तोमा पाउनु हुनेछ जसबाट तपाइको ठुलै रकम जोगिन जानेछ।
हुलमुलमा ज्यान जोगाउनु, अनिकालमा अन्न जोगाउनु भने जस्तो तपाइले अमेरिकामा साप्ताहिक, अर्ध साप्ताहिक, मासिक, ब्लाक फ्राइडे, क्रिसमस, थ्यान्क्सगिभिङ्ग, नया बर्ष, लेबर डे, इन्डिपिडेन्स डे लगायतका राष्ट्रिय पर्ब तथा बिदाहरुमा सामानहरु असाध्यै डिलमा पाउनु हुनेछ। यसबाट तपाइको ह्यान्डसम डलर जोगिन जानेछ। तपाइ जस्तै अक्शन हुने समय र मिति वाच गरिराख्नुहोस। यस्ता अक्शनहरुमा तपाले भने जस्तो सामान कौडिको मुल्यमा प्राप्त गर्न सक्नुहुनेछ।
यि सबै तपाइका हातमा छ। कसरि किफायति बन्ने र किफायति कसरि बन्ने भन्नेमा। जाडोलाइ चाहिने लुगाफाटाहरु गर्मि लाग्न थाले पछिको क्लिरियन्सको डिलमा किनि राख्नुहोस हसले तपाइको घरमा थुप्रै सदस्य छ भने आफै बिचार गर्नुहोस तपाइले थुप्रै सय डलर बचाउन सक्नुहुनेछ। त्यसैगरि गर्मिका लागि चाहिने सामानहरु जाडो लाग्न थालेपछि भटाभट सस्तो डिलमा पाइन्छ। किनेर राखिराख्नुहोस जसले ठुलो रकम बच्नेछ तपाइको। यस्ता सिजनेबल सामानहरुको ट्रिकि म्यानेजमेन्टले तपाइको डलर नप्त्याउने गरि बचाउने गर्दछ।
ग्रोसरि किन्दा डिल हेर्नुहोस, शनिबार र आइतबार वा कम्पनिले बारम्बार पठाउने बिज्ञापन कुपनहरु जोगाएर राखुनुहोस, जसले तपाइको बर्षमा ठुलै डलर बच्नेछ। बेलैमा बुद्दि पुर्याउनुहोस, जोगिएको डलर तपाइले सेभिङ्ग नै गर्नु भयो भने उक्त रकम अन्य महत्वपुर्ण काममा लगाउन सकिनेछ तर उमेर छदा, शक्ति, उर्जा र मै काउ मै लाउ भन्ने बेलालऐ मै मत्ता भै कमाएको जति खर्च गर्न थाल्नु भयो भने उर्जा सकिएको र काम गर्न नसकेका दिन तपाइ अमेरिकामा पश्चातापको भुमरिमा डुब्नु हुनेछ। कमाएकै छु के भयो र खर्च गर्दा? फेरि कमाइहाल्छु भनेर उखरमाउलो भै कमाएको धनलाइ बचत गर्ने शैलि सिक्नु भएन भने तपाइलाइ अमेरिकाम अप्ठेरो पर्न सक्छ जुन दिन तपाइ डाक्टर र अस्पताल धाउन थाल्नु हुनेछ त्यसबेला ढिलो भैसक्नेछ।
यस्ता थुप्रै उपायहरू छन्, जसबाट तपाईं हामीले आर्थिक बचतका साथसाथै मानसिक शान्ति पनि प्राप्तगर्न सकिन्छ । आर्थिक ब्यवस्थापन, किफायतीपन र सन्तुलनले हाम्रो दैनिक जीवनमा महत्वपूर्ण भूमिकाखेल्दछ र शान्ति प्राप्तिको एक माध्यम हुन सक्छ । आफ्ना आनीबानी र फजुल खर्च कटौतीमा कमील्याउन कतिपय अवस्थामा आफ्ना प्रवृत्तिमै परिवर्तन ल्याउन आवश्यक छ भने कतिपय अवस्थामानजानेका ध्यान पुर्याउन नसकिएका जानकारीहरू आफ्ना साथीभाइ, समाज, समाचार, अनलाइन वाअन्य माध्यमबाट प्राप्त गर्न सकिन्छ । असम्भव केही छैन । आजैबाट मितब्ययी बन्न सिकौं र आर्थिकस्वतन्त्रताको अवसरलाई सदुपयोग गरौं ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...