Saturday, November 12, 2016

महाभियोग प्रस्ताव पारित हुने जिकिर

Barsaman_punपोखरा, २७ कात्तिक । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव पारित हुने बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले राज्यका सबै संयन्त्रलाई आतङ्कित पारेको, भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायको प्रमुखमा नै भ्रष्टाचारमा लोलुपता देखिएको र पदीय दुरुपयोग गरेकाले प्रमुख राजनीतिक दल महाभियोगको प्रस्ताव पारित गराउने टुङ्गोमा पुगेको जिकिर गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...