Monday, November 28, 2016

विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण

सल्यान, १३ मङ्सिर । चार गाविसका विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । दार्माकोट, भल्चौर, ढाकाडाम र जिमालीमा रहेका सात बालविकास केन्द्र र १८ विद्यालयलाई रु १० लाख बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।

बालविकास केन्द्रको बसाइ व्यवस्थापनका लागि बालबालिकाको सङ्ख्याका आधारमा गलैँचा, चकटी, टेबल, पिफर्म, जुत्ता राख्ने दराज प्रदान गरिएको छ ।
विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले जिल्ला शिक्षा कार्यालयको समन्वयमा सेभ द चिल्ड्रेनसँगको साझेदारीमा दलित विकास समाज सल्यानले सञ्चालन गरेको एकीकृत परियोजना मार्फत सहयोग प्रदान गरिएको जिल्ला शिक्षा कार्यालय सल्यानका स्रोत व्यक्ति जङ्गबहादुर पुनले बताउनुभयो । यस्तै प्रारम्भिक चरणको पढाइ सुधारका लागि १८ विद्यालयमा प्रतिविद्यालय रु २० हजारका दरले शिक्षण सिकाइ सामग्री प्रदान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...