Tuesday, November 8, 2016

नर्दन क्यालिफोर्नियाको डेविजमा १०८ औ लक्ष्मी जयन्ति ।

img_2403

६ तारिख आईतवारको दिन नर्दन क्यालिफोर्नियाको डेविज सहर अन्तर्गत पर्ने लाइब्रेरीमा ठीक ४ वजे देखि अनेसास नर्दन क्यालिफोर्नियाको च्याप्टरले १०८ औ लक्ष्मी जयन्ती समारोह च्याप्टरका अध्यक्ष सर्बज्ञ वाग्लेको अध्यक्षतामा सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा झण्डै १५० जना भन्दा माथीको उपस्थिति थियो भने कविता वाचन गर्ने र लक्ष्मी प्रसादका कविता तथा मुना मदनका गित, यात्री कविता सुरिलो स्वरमा सुनाउने गरि झण्डै ४० जनाको हारा हारीका सर्जकले पाठ गर्दा रातीको दश वज्यो । त्यसरी डेविजको लाईव्रेरिमा सबै दर्शकलाई मुग्दपार्ने कविहरू हुनुहुन्छ, अन्जना मल्ल श्रेष्ठ, एपि उपाध्याय, बाबु आचार्य, बन्धु पोखरेल, विनोद न्यौपाने,विनोद पौडेल , विरेन्द्र पाठक,धर्म कोईराला, दिक्षा वस्नेत,दुर्गा दाहाल, कृष्ण कला वाग्ले,कृष्ण श्रेष्ठ,मणि दाहाल, नबिन देवकोटा, पिताम्बर दाहाल,प्रेम ढकाल, भागिरथ दाहाल, घनश्याम न्यौपाने,विष्णु गुरूँग एकता,रिता देवी प्रधान,सविता वराल,शम्भु सुवेदी,शंकर पाण्डे,सुरेन्द्र वाग्ले,टिका कुमार पुन,निता थोर्सन,रघुवर श्रेष्ठ,सर्बज्ञ वाग्ले, वासु ढकाल,निरन्जन वाग्ले ,महेश गौतम,प्रमोद अमात्य हुनुहुन्थ्यो भने गित गाउनेहरू-विसाल वाग्ले, रघुवर श्रेष्ठ , गीता न्यौपाने, मदन दिपबिम हुनुन्थ्यो । मदन दिपबिमले ‘खालीहात आएको खालीहात जाने हो, भन्ने गित गाउदा त अगाडि कुर्चीमा वसेका सबै उठेर नाच्न थाले ।

img_2402
एस एफ स्टेटका अंइग्रेजी विषयका प्राध्यापक डा टिका लम्सालले लक्ष्मी प्रसाद देवकोटाका लेखन शैली र रोचक घटनाहरूको बारेमा आफ्ना धारणा राख्नु भएको थियो । भने डा किशोर शेरचनले भगवान वुध्दको वारेमा जानकारि दिनु भयो । त्यसै गरि अनेसास नर्दन क्यलिफोर्निया च्याप्टरका सल्लाहकार निरन्जन वाग्लेले कार्यक्रम मा सहयोग गर्नेहरूलाई धन्यवाद दिनुभयो भने वरिष्ठ साहित्यकार तथा अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरका वासु ढकालले नया कमिटीलाई वधाई तथा धन्यवाद ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना दिनु भयो ।

img_2396

संस्थाका अध्यक्ष सर्बज्ञ वाग्ले ले भन्नुभयो यहाँहरू सबै सँग सर सल्लाह गरेर अव नर्दन क्यालिफोर्नियालाई साहित्यमय वनाउन पर्छ । नेपाली साहित्य र नेपाली भाषाको जगेर्ना गरेर विदेशी भुमीमा पनि स्वदेश जस्तै वनाउनु पर्छ भन्दै विशेष गरि साना नानिहरूलाई हाम्रो अभियानमा समाहित गर्न सक्यौ भने हाम्रो अन्तराष्ट्रीय नेपाली साहित्यको उद्देश्य पुरा हुनेछ भन्ने आशय व्यक्त गर्नुभयो । कार्यक्रमको संचालन गर्न शुरूमा प्रमोद अमात्यले वावु आचार्यलाई दिनु भयो र वावु आचार्यले नै कार्यक्रमको संचालन गर्नु भएको थियो । अन्त्यमा वरिष्ठ साहित्यकार वासु ढकालले नै कार्यक्रम को समापन गर्नुभयो ।

स्मरणीय रहोस उक्त कार्यक्रममा अगाडि वस्ने अध्यक्षतात्मक र गन्यमान्यमात्मक केहि पनि देखिए । साधा र सरल किसिमवाट सबै तल वसेर सबै श्रोता र सबै कवि तथा सबै वरावरीको हिसावले कार्यक्रम चलाईयो । कसैले मलाई वोलाएन र उसलाई वोलायो भन्ने गुनासो राख्नु पर्ने वातावरण नै रहेन । वेलुका चीया नास्ता र खानाको पनि सर्जक तथा स्रोताहरू सबैलाई व्यवस्था भयो । कार्यक्रम सबैले सोचे भन्दा राम्रो भयो भन्ने प्रसंसा मात्रै आईरह्यो ।

img_2398 img_2403 img_2401 img_2400 img_2399

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...