Tuesday, November 8, 2016

कालो झण्डा देखाउन खोज्ने रिहा

काठमाडौँ, २३ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडि कालो झण्डा देखाउने क्रममा पक्राउ परेका पाँच जनालाई आज रिहा गरिएको छ ।

यही कात्तिक १७ गते राष्ट्रपति मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालसहित रामचन्द्र खड्का, तिलक बोहरा, योगेश बराल र शारदा भुसाल झालाई जिल्ला प्रशासन कार्यालयले एक महिने तारिखमा रिहा गरेको हो ।

पाँचै जनालाई केही सार्वजनिक अपराध मुद्दामा मुलुकी ऐन अ. ब. १२१ नं बमोजिम थुनुवा पुर्जी दिई महानगरीय प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । सोमबार दिनभरी काठमाडौँ परिसरमा राखिएकामा आज सरकारी वकिल कार्यालयमा बयान लिएपछि उहाँहरुलाई साधारण तारेखमा छाडिएको हो ।

साधारण तारेखमा छुटेपछि प्रशासन कार्यालय परिसरमा अध्यक्ष नेपालले सरकारले शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाएको आरोप लगाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...