Thursday, November 10, 2016

ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चीन, कतार र स्विट्जरल्यान्डका आवासीय राजदूतहरुले आज आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि चीनका राजदूत यु होङ, कतारका राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायल र स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

त्यसैगरी, राष्ट्रपतिसमक्ष नेपालका लागि क्युबाका गैरआवासीय राजदूत अस्कर इजरेल मार्टिनिज कार्डोभेसले पनि ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो ।

नयाँदिल्लीस्थित क्युबाली राजदूतावासले नेपाल मामिला हेर्दै आएको छ । समारोहमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, प्रधानसेनापति राजेन्द्र क्षत्री, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...