Thursday, November 10, 2016

राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३२ औँ जन्मजयन्ती

काठमाडौँ, २५ कात्तिक । नयाँ शक्ति पार्टी नेपालले किरात धर्मका महान् गुरु, समाज सुधारक एवम् राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १३२औँ जन्मजयन्तीको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

गुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा संविधानमा सबैको स्वामित्व स्थापित गर्दै उन्नत राष्ट्रिय एकता र समृद्धिमा सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरिएको पार्टीका प्रवक्ता खिमलाल देवकोटाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
आजभन्दा करिब एक शताब्दी अघि उहाँले तत्कालीन समाजको विकृति र विसङ्गति विरुद्ध सुरु गरेको सामाजिक अभियान अझै पनि उदाहरणीय र प्रेरणादायी रहेको उल्लेख छ ।

‘हत्याहिंसा गर्न नहुने, झुठो बोल्न नहुने, सृष्टिकर्ता नारीलाई समाजमा उच्च सम्मान गर्नुपर्ने, मांसाहार तथा मदिरा सेवन गर्न नहुनेजस्ता समाज सुधारको अभियान सुरु गर्नुभएका उहाँले लडाइँबाट विश्व शान्ति स्थापना हुन नसक्ने निष्कर्ष निकाल्नु अर्को महत्वपूर्ण शिक्षा हो’– विज्ञप्तिमा भानिएको छ ।

आफ्नो भाषा, संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नुपर्छ भन्ने फाल्गुनन्द मौलिक र व्यावहारिक अर्थनीतिका पक्षपाति हुनु महत्वपूर्ण भएको र बहुभाषा, धर्म, संस्कृतिको धनी नेपालमा सबै भाषा, धर्म, क्षेत्र, लिङ्ग, जाति समुदायको अधिकारसहितको एकताबाट मात्र आर्थिक समृद्धि सम्भव छ भन्ने मान्यता नयाँ शक्तिले लिएको बताइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...