Thursday, November 3, 2016

दर्जनौँलाई उपचारको माग गर्दै रेबिज पीडितलाई सडकमा राखेर प्रदर्शन

20161103_105150

रौतहटको महम्मदपुरमा करिब दुई दर्जनलाई बहुलाहा स्यालले टोकेकोमा उपचारको माग गर्दै महम्मदपुरका स्थानीयबासीले एकजना रेबिज पीडितलाई सडकमा राखेर प्रदर्शन गरेका छन् । गरुडा नगरपालिका वार्ड नम्बर ३ महम्मदपुरका ६८ वर्षीय रेबिज पीडित राम फल महतोलाई गरुडा चौकमा राखेर विहीवार करिब तीन घन्टा प्रदर्शन गरेका छन् ।
गत असोज १८ गते महम्मदपुरका करिब दुई दर्जनलाई बहुलाहा स्यालले टोकेकोमा एकजनाको मृत्यु भइसकेको छ । मावि महम्मदपुरका निम्न माध्यमिक शिक्षक वसन्त कुमार यादवको रेबिजका कारण गत कात्तिक ६ गते मृत्यु भएको थियो ।
करिब दुई दर्जनलाई स्यालले टोकेकोमा एकजना युवकको मृत्यु भइसकेको र अर्का एकजनामा रेबिजको लक्षण देखिइसकेकोले बाँकी सबैको उपचारको माग गर्दै महम्मदपुरबासीले रेबिज पीडित महतोलाई टायरगाडामा बीच सडकमै राखी प्रदर्शन गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...