Saturday, November 26, 2016

दाङ तुल्सीपुरका हरी आचार्यले पानी अभियानलाई रु १ लाख ५१ हजार प्रदान गर्ने

15207841_541358759400209_1638513445_n

पानी अभियानको नारा सफल होस् भन्दै आफ्ना पूजनीय पिता श्री दुर्गा आचार्यको नाममा रु ५१ हजार र आफ्नो प्यारो छोरा श्री सागर आचार्यकोजन्म दिनको अवसर पारेर छोराको नाममा रु १ लाख गरी जम्मा एक लाख ५१ हजार पानी अभियानलाई सहयोग गर्ने खबर तुलसीपुर नगर पालिका वार्ड नम्बर ११ अस्वाराका श्री हरी आचार्यले पठाउनु भएको छ । उहाले अभियानको नारा सफल पार्न आफु पनि लागिपर्ने बताउनु भएको छ ।

उहाले उक्त रकम प्रदान गर्ने घोषणा गरेको  जानकारी पाए पछि सुनपुर खानेपानी  सरसफाइ समितीका सचिव किरण पौडेलले हार्दिक आभार प्रकट गर्दै लेख्नु भएको छ । “पानी अभियान लाई तुल्सीपुर अस्वारा निबासी श्री हरी आचार्य ज्यू प्रति पानी समिति हार्दिक कृतज्ञता ज्ञापन गर्दछ ।जसले यस पानी अभियानमा हाल सम्मकै ठूलो रकम सहयोग गर्ने घोषणा गर्नुभएको छ।यहाॅहरुलाई धेरै धेरै धन्यबाद् । त्यसै गरी पानी अभियानकर्ता आफ्नो फेसबूक स्ट्याटसमा लेख्नु हुन्छ ।
“जबरजस्ती कसैलाई घोक्रेठ्याक लगाएर समाज परिवर्तन असम्भब छ । समाजमा अरुलाई गाली गर्दैमा आफु चोखो पनि हुन सकिदैन । म तथा हामी  परिवारबाट माथि उठेर समाजको लागि केही गर्न सक्छु सक्छौ  कि भन्ने सोच लिदै गयौ भने एक दिन अवश्य हामी सफल हुन्छौ हुनेछौ । म बार बार बोलिरहेको छु विश्वको जलश्रोतको धनी देशका जनताहरु पानी नपाएर तड्पिनु पर्ने अवस्थाको युग अन्त्य हुनु जरुरी छ । पानी नपाएर तड्पिएर गाउँको जमिन मरुभुमी हुनुपर्ने युगको अन्त्य हुनु जरुरी छ । पानी अभियानले कसैलाई जबर्जस्ती साथ देउ कहिल्यै भन्दैन । स्वस्फूर्त आत्मा जागेर समाज परिवर्तन हुने हो । समाज परिवर्तनको लागि रगत बगाउनु पर्ने युगको अन्त्य गरौ समाज परिवर्तनको लागि पानी बगाउने युग शुरुवात गरौ , जीवन उजाड होइन हरियाली छ । “

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...