Saturday, November 26, 2016

अमेरिकामा बन्ने भो पशुपतिनाथ र बुद्ध मन्दिर, सबैलाई सक्दो सहयोग गर्न अनुरोध

pashupati-1

अमेरिका, लस एन्जलस २६ नोभेम्बर । अमेरिकाको लस एन्जलसमा निर्माणाधीन पशुपतिनाथ तथा बुद्ध मन्दिरको कार्य सम्पन्न गर्नको लागि सबैसँग आफू सक्दो सहयोग गरिदिन अनुरोध गरिएको छ ।

pashupati-4
“मैले दान नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? यहाँ नगरे कहाँ गर्ने ? सक्नेले धेरै दान गरौँ । नसक्नेले आँफु सक्दो गरौँ । तर केही त अवश्य नै गरौँ ।“ भन्दै सुरु गरिएको अभियानबाट साउदर्न क्यालिफोर्नियामा एक मिलियन डलर भन्दा बढीको घर जग्गा किनेर सोही स्थानमा नेपालबाट ल्याई सकिएको मन्दिरहरु स्थापना गर्ने कार्य अन्तिम चरणमा पुगेकोछ ।

मन्दिर राख्नको लागि ठेक्का दिईसकिएको, बैङ्कमा तिर्नु पर्ने किस्ताको रकम समेत बुझाउनुपर्ने र मन्दिर तत्काल सम्पन्न गरी नेपालीहरूका आस्थाको केन्द्र पशुपतिनाथ र बुद्धको मन्दिर अमेरिकामा स्थापना गर्न सबैलाई संस्थाको वेबसाइट, गोफन्ड वा सिधा मन्दिरमा गएर दान गर्न सकिने सचिव रामेश्वर भण्डारीले जानकारी दिए ।
तत्काल पचास हजार डलर उठाउने लक्ष्यसाथ सुरु गरिएको गोफन्डमा सहयोग आउने क्रम सुरु भएको छ ।
सहयोगको लागि संस्थाले सुरु गरेको गोफन्ड लिंक;
http://ift.tt/1h50UYmdonate-for-pashupatinath
संस्थाको वेबपेज
http://pashupatinathfoundation.org/

pashupati-3 pashupati-2

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts