Wednesday, November 2, 2016

नेजाद्वारा सामुदायिक बहसको प्रारम्भ, एनआरएन सल्लाहकार जोशीद्वारा पुरस्कारको घोषणा

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ, नेजाले सामुदायिक वहसको प्रारम्भ गर्दै एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा डालस नेपाली मन्दिरमा आईतबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा टेक्सासमा रहेका दर्जनबढि नेपाली समुदायका प्रतिनिधीमूलक विभिन्न संघ संस्थाहरू र नेजाआवद्द पत्रकारहरूकोसहभागिता रहेको थियो । नेजाका कार्यकारिणी सदस्य बाल जोशीले सन्चालन गरेको उक्त अन्तरक्रियामा
एक दर्जन भन्दा बढी समाजसेवी अगुवाहरुले पत्रकारिता, पत्रकारको काम, कर्तब्य र भूमिकाबारे आ आफ्ना धारणा राख्दै सुझाव दिनुभएको थियो। कार्यक्रममा बोल्दै नेजाका अध्यक्ष आचार्यले समुदायको सहयोगविना व्यवसायिक पत्रकारिताको विकास असम्भव भएकोले नेजाले सामुदायिक वहसको प्रारम्भ गरेको वताउनुभयो । यो बहसलाई नेजाले विभिन्न राज्यमा सन्चालन गर्ने वताउदै समुदायको उत्थानमा पनि महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा समुदायका प्रतिनिधिहरूले प्रवासमा नेपाली पत्रकारिता पूर्ण रोजगारको विषय वन्न नसक्दापनि पत्रकारहरूले समुदायलाई पूर्याएको योगदानको उच्च प्रसंशा गर्दै प्रवासमा नेपाली पत्रकारितालाई प्रतिनिधत्व गर्ने पत्रकाहरूको साझा संस्था नेजालाई धन्यवाद दिनुभयो । उहॉहरूले पत्रकार र पत्रकारिता निष्पक्ष, जवाफदेही वन्नुपर्ने सुझाव दिदै नेजाले यो विषयमा प्रमुख भूमिका खेल्नुपर्ने सामूहिक सुझाव दिनुभएको थियो । यसरी सुझाव दिनेहरूमा नेपाली समाज टेक्सासको तर्फबाट अध्यक्ष कृष्ण लामिछाने, पूर्व
अध्यक्ष भुवन आचार्य र सन्तोष बिस्ट, एएनए को तर्फबाट उपाध्यक्ष विजयराज भट्टराई, यति च्याम्बर्स अफ कमर्सको तर्फबाट बासु भण्डारी, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तर्फबाट रमेश पोख्रेल, छबि चापागाईं र मकर बज्राचार्य , इन्द्रेणी सांस्कृतिक संघको तर्फबाट तारा प्रशाद भुसाल, डालस एभरेस्ट लायन्स क्लबको तर्फबाट राधाकृष्ण काफ्ले, एनआरएन
अमेरिकाको तर्फबाट एनआरएन अमेरिकाका सल्लाहकार गौरीराज जोशी, उपाध्यक्ष राम सी पोख्रेल, एनआरएन टेक्सास च्याप्टरको तर्फबाट सभापति उत्तम लामिछाने, रक्त दाता संघ अमेरिकाको तर्फबाट अध्यक्ष डाक्टर नन्द रेग्मी, अनकन युएसए को तर्फबाट अध्यक्ष प्रकाश गौतम, जनसम्पर्क समितिको तर्फबाट अर्जुन बन्जाडे र नेपाल जर्निको तर्फबाट संस्थाकी प्रमुख मौसमी श्रेष्ठ हुनुहुन्थ्यो ।
एनआरएन अमेरिकाका सल्लाहकार गौरी जोशीले १ हजार डलरको पुरस्कारको घोषणा गर्दै नेजामार्फत सामुदायिक पत्रकारितामा योगदान दिने पत्रकारलाई सो पुरस्कार प्रदान गरिने उदघोष गर्नुभयो । नेजाका अध्यक्ष आचार्यले एनआरएन
अमेरिकाका सल्लाहकार जोशीप्रति विशेष धन्यवाद दिदै उक्त पुरस्कारले सामुदायिक पत्रकारितामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाली समुदायका लगभग सवै संघ, संस्थाको प्रतिनिधित्व रहेको अन्तरक्रिया कार्यक्रममा नेजासम्वद्द पत्रकारहरु कार्यकारी सदस्यहरू बाल जोशी,लेखनाथ गौतम, सदस्यहरू विजय घिमिरे, रामचन्द्र भट्ट, केदार तिम्सिना,
शुरेसचन्द्र पोखरेल, लगायतको सहभागिता रहेको थियो ।

अग्नि चौलागाई
सचिव, नेपाल अमेरिका पत्रकार संघ, नेजा

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...