Wednesday, November 9, 2016

लौह-पुरुष गणेशमान सिंहको जन्म जयन्ती मनाउन सबै च्याप्टरहरुलाई नेजस केन्द्रिय समितिको आग्रह

njss-new-logo

नेपाली कांग्रेसका सर्बोच्च नेता लौह पुरुष गणेशमान सिंहज्यूको जन्म १९७२ साल कार्तिक २४ गते भएको थियो । नेपाली लोकतान्त्रिक आन्दोलनका महान नेता गणेशमान सिंहज्यूको जन्म जयन्ती मनाउन नेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिले अमेरिकामा सकृय सम्पूर्ण च्याप्टरलाई हार्दिक अनुरोध गरेको छ । ganeshman-letterनेपाली जनसम्पर्क समिती, अमेरिका, केन्द्रिय समितिका सभापति आनन्द बिष्टले यथाशिघ्र आफ्नो अनुकुलमा ‘गणेशमान जन्म जयन्ती’ बिभिन्न कार्यक्रम गरी मनाउन नेपाली कांग्रेस पार्टी, केन्द्रिय कार्यालयको आग्रह अनुरुप च्याप्टर समितिहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।

गोकुल ढकाल
नेपाली जनसम्पर्क समिती, अमेरिका
प्रचार विभाग

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...