Wednesday, November 23, 2016

संविधान कार्यान्वयन गरेर गर्व गर्ने ठाउँ राखौँः नेता पौडेल

ramchandra-paudelबनेपा,९ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले)ले संविधान संशोधनको विषयमा के खोजेको हो स्पष्ट गर्न आग्रह गर्नुभएको छ ।

काभ्रेपलाञ्चोकको कुन्ताबेँसीमा  नेका महादेवस्थान गाउँ कार्य समितिले आयोजना गरेको आमसभामा उहाँले एमालेलाई लक्षित गर्दै ‘मोही माग्ने ढुङ्ग्रो लुकाउने’ काम गर्नु हुदैन भन्नुभयो । नेता पौडेलले विगतमा जसरी प्रमुख तीन राजनीतिक दलको सहमतिमा नयाँ संविधान जारी गरेर गर्व गरिएको थियो त्यसरी नै संविधान कार्यान्वयन गरेर गर्व गर्न ठाउँ राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा अझै पनि सङ्कट विद्यमान रहेकाले प्रमुख राजनीतिक दल मिल्नुको विकल्प छैन ।” सो कार्यक्रममा नेका केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे, सरिता प्रसाईँ, मोहन बस्नेतलगायतले मुलुकको समसामयिक राजनीतिका बारेमा वोल्नुभएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...